फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाल चीन मैत्री सम्बन्ध नयाँ उचाइमा पुगेको नेपालका लागि चिनियाँ राजदूत उ छुन्थाईले बताउनु भएको छ

(GMT+08:00) 2013-08-07 18:23:37

नेपाल र चीनबीचको मैत्री सम्बन्ध शीर्षकमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै नेपालका लागि चिनियाँ राजदूत उ छुन्थाईले दुईदेशबीचको मैत्री सम्बन्ध नयाँ उचाइमा पुगेको बताउनुभयो । युगौँ पुरानो मैत्री सम्बन्धमा कुटनीतिक सँगसँगै आर्थिक सम्बन्ध मजबुत हुँदै गएको पनि उहाँले स्पष्ट पार्नुभयो ।सो अवसरमा चीन अध्ययन केन्द्रका अध्यक्ष मदन रेग्मीले नेपाल र चीनबीचको सम्बन्ध विवादरहित, पारदर्शी र उदाहरणीय भएको बताउनुभयो । उहाँले दुई देशबीचको सम्बन्धमा आपसी सहयोगले जिबन्त बनाएको स्पष्ट पार्नुभयो ।अन्तरक्रिया कार्यक्रममा बोल्दै नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले भरखरै आफूले गरेको चीन भ्रमण सुनाउँदै चीनको विकासबाट नेपालले धेरै सिक्नसक्ने संभावना रहेको बताउनुभयो । विश्वमै उदीयमान आर्थिक सम्पन्न राष्ट्र चीन नेपालको अशल छिमेकी मित्रराष्ट्र भएर पनि नेपालले भनेजस्तो फाइदा लिन नसकेको औंल्याउनुभयो ।चीनका लागि पूर्व नेपाली राजदूत टंक कार्कीले चीनले नेपालको आन्तरिक मामिलामा कहिल्यै हस्तक्षेप नगरेको बताउँदै चीनमा नयाँ नेतृत्व चयन भए पनि नेपाल दृष्टिकोण परिवर्तन नभएको बताउनुभयो । चीन अध्ययन केन्द्रले आयोजना गरेको सो अन्तरक्रिया कार्यक्रममा विभिन्न विद्धनहरुले नेपाल चीन मैत्री सम्बन्धका बारेमा विचार व्यक्त गर्नुभएको थियो ।

चेतनाथ आचार्य

सी.आर.आई.

काठमाडौँ

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह