फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनमा पर्यटक आगमनमा कमी गराउने कारकतत्वमा कुहिरो र तुवाँलो पनि

(GMT+08:00) 2013-08-07 18:48:07

             पैचिङ्गको पर्यटन आयोगले हालै जनाएअनुसार यस वर्षको पूर्वार्धमा सारा विश्वको बैकिङ्ग संकट र बारम्बार कुहिरो तथा तुवाँलोजस्ता जलवायुका कारण चीनमा पर्यटकको आगमन संख्यामा पाँच वर्षयता पहिलो पटक घटेको छ। सम्बन्धित एक सर्भेक्षणअनुसार जलवायुको गुणस्तर सन्तोषजनक नरहेका कारण यस वर्षको पूर्वार्धमा पर्यटनका लागि चीन आउने पर्यटकको संख्यामा 2प्रतिशतले कमी आएको छ भने संख्याका हिसावले लगभग छ लाख पचास हजार रहेको अनुमान गरिएको छ। पर्यटन व्यवसायसित सम्बन्धित विशेषज्ञले वातावरणमा उत्पन्न भएको प्रदूषणको समस्या विदेशका लागि चीनको पर्यटनको विकासको महत्वपूर्ण चुनौती बनेको छ भने यो समस्याको निराकरणका लागि सरकार,समाज र जनताद्बारा संयुक्त प्रयास गर्न आवश्यक हुने भनी टिप्पणी गर्नुभएको छ।

               पैचिङ्ग पर्यटन आयोगले सम्बन्धित तथ्याङ्क सार्वजनिक गरेअनुसार चीनमा प्रवेश गरी रात कटाउने पर्यटकको संख्या एक्काईस लाख दश हजार बराबर छ भने गत वर्षको सोहि अवधिको तुलनामा 14.3 प्रतिशतले घटेको छ। यस अवधिमा देखापरेको बारम्बारको कुहिरो तथा तुवाँलो पर्यटकको संख्या घटाउने एक प्रमुख कारकतत्व हो। अस्ट्रेलियाबाट आएकी रैअनाले पैचिङ्गमा तीन महिनाभन्दा बढी समय काम गर्नुभएको छ। उहाँले आफ्नो धेरै साथी वायु प्रदूषणको स्तर बढी भएका कारण चीनको यात्रा परित्याग गरेर अन्य एशियाली मुलुकको यात्रामा गएको कुरा बताउनुभएको छ। उहाँले यसरी भन्नुभयो: मेरा केही साथीले आफ्नो चीनको यात्रा गर्ने योजनालाई पछि सारेका छन्। यसप्रति मलाई एकदमै अफसोस लागेको छ। वास्तवमा केही ठूला शहरबाहेक केही साना शहरको वायुको गुणस्तर राम्रो छ। यहाँका थुप्रै पर्यटकीय स्थलको यात्रा गर्न सकिन्छ।

               पैचिङमा चार वर्षसम्म जीवन बिताउनुभएकी इटलीकी महिला एदीले चीनको वायु गुणस्तरप्रति गहन अनुभव गर्नुभएको छ। उहाँले यसरी भन्नुभयो: सन्2009 मा यहाँको वायुको गुणस्तर ठीक थियो तापनि सन्2012सम्म आइपुग्दा गम्भीर बन्दै गएको छ। मेरो विचारमा वायुप्रदूषणको अवस्था बाहेक पैचिङ्गमा अरु सबै कुरा एकदमै राम्रा छन्।

              चीनको पर्यटन अनुसन्धान प्रतिष्ठानले सार्वजनिक गरेको सर्भेक्षणअनुसार चीनको स्वदेशी पर्यटन र विदेशी पर्यटन गत वर्षको सोहि अवधिको तुलनामा दश प्रतिशतभन्दा बढी छ तापनि चीन आउने विदेशी पर्यटकको संख्या घट्ने प्रवृत्ति देखा परिरहेको छ। दोस्रो त्रैमासिक अवधिमा चीनमा गएका केही पर्यटकले चीनको जल र वायुको गुणस्तरप्रति असन्तुष्टी जनाएका थिए। यसप्रति पर्यटन व्यवसायका सम्बन्धित पेशागत व्यक्तिले वातावरणको गुणस्तर घट्नुबाट चीनमा पुगेका विदेशी पर्यटकको संख्या मात्र नभई यहाँ बस्ने हरेक जनताको जीवनमा असर परेको बताउनुभएको छ। पर्यटन व्यवसायमा देखापरेको यस चुनौती सरकार,समाज र जनता आदि सबै पक्षको संयुक्त प्रयासले समाधान गरिनुपर्छ। यसप्रति चीनको युवा पर्यटन ऐजन्सी अन्तर्गत बजार प्रचारप्रसार विभागका प्रमुख ग लैले भन्नुभयो: चीन पुगेका विदेशी पर्यटकको संख्या घट्नुका पछाडि विश्वको कम्जोर अर्थतन्त्र,चिनियाँ युआनको मूल्यवृद्धि,अन्तर्राष्ट्रिय जनमतमा गम्भीर बन्दै गएको चीनको वातावरणीय समस्या आदि धेरै कारकतत्वहरु रहेका छन्। व्यवसायिक हिसावबाट हेर्दा राष्ट्रको आकर्षक शक्तिलाई माथि उकास्नका लागि सेवा र सम्बन्धित क्षेत्रको नवीकरण आदि सवालमा प्रयास गर्नुपर्छ। सरकारी नजरबाट हेर्दा वातावरणको संरक्षणलाई जोड दिनुपर्छ। किनकि यी दुबै कुरा चीनको भावी पर्यटनको केन्द्रीय प्रतिस्पर्धात्मक शक्ति पनि हुन्।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह