फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको हाइगर कम्पनीका आरामदायी बसहरुको बिक्रीवितरण नेपालमा पनि सुरु भएको छ

(GMT+08:00) 2013-08-08 17:09:36

          नेपालका लागि चिनियाँ राजदूत उ छुन्थाले नेपालको आर्थिक विकासको मेरुदण्ड पर्यटन विकास भएकाले त्यसको प्रवर्द्धनात्मक कार्यक्रममा आफूले सहयोग गगर्ने बताउनु भएको छ । चिनियाँ हाइगर कम्पनीका आदारमदायी बसको बिक्री कार्यको शुभारम्भ गर्दै चिनियाँ राजदूत उले सो विचार व्यक्त गर्नुभएको हो ।हिजो बुधबार काठमाडौँमा चिनियाँ पर्यटकलार्इ लक्ष्य गरी नेपाल इन्टरनेशनल बिजनेस कम्पनीले चिनियाँ हाइगर बसको बिक्री कक्ष उद्‍घाटन कार्यक्रमको आयोजना गरेको थियो । सो कार्यक्रममा बोल्दै चिनियाँ राजदूत उले नेपाल चीन सम्बन्ध अत्यन्त सुमधुर रहेको बताउनुभयो । उहाँले नेपालको पर्यन क्षेत्रमा लगानी गर्न आफूले चिनियाँ उद्योगी व्यवसायीलाई आग्रह गरेको बताउँदै चिनियाँ पर्यटकका लागि नेपाल उत्कृष्ट गन्तव्य भएको पनि चिनियाँ राजदूत उmले बताउनुभयो । नेपालको पर्यटन प्रवर्द्धनका लागि चिनियाँ टेलिभिजन संस्थालाई नेपाल ल्याएर काठमाडौँ, चितवन, पोखरा र लुम्बिनीबारे चारवटा बेग्लाबेग्लै वृत्तचित्र निर्माण गरी चीनमा प्रसारण गराएको र त्यसको प्रभावस्वरुप नेपाल आउने चाहने पर्यटकको संख्या बढ्‍दै गएको जानकारी चिनियाँ राजदूत उले गराउनुभयो । हालै चीनको चलचित्र निर्माण कम्पनीले चिनियाँ दर्शकका लागि एउटा चलचित्रको सम्पूर्ण छायाङ्‍कन नेपालमा गरेको र त्यो प्रदर्शन हुने क्रममा रहेकाले उक्त चलचित्रले थप चिनियाँलाई नेपाल भ्रमण गराउने विश्वास पनि चिनियाँ राजदूत उले व्यक्त गर्नुभयो ।चिनियाँ सुविधायुक्त हाइगर कम्पनीका बसको आधिकारिक बिक्रेता नेपाल इन्टरनेशनल बिजनेस कम्पनी रहेको छ ।
चेतनाथ आचार्य
सी.आर.आई.
काठमाडौँ
जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह