फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

भारतवासी चिनियाँका लागि शान्ति जहाज अस्पतालको निःशूल्क उपचार सेवा सुरु

(GMT+08:00) 2013-08-08 17:46:39

              यस अगष्ट महिनाको छ तारिखका दिन "मेलमिलापयुक्त कर्तव्य-सन् 2013"नामक कार्यभार बहन गर्ने चिनियाँ नौ सेनाको शान्ति जहाजअस्पतालले भारतको मुम्बई बन्दरगाहमा पुगी त्यहाँको छ दिने मैत्रीपूर्ण भ्रमण सुरु गरेको छ। सात तारिखका दिन भारतमा बसोबास गर्ने चिनियाँ मूलका विदेशी र चिनियाँ प्रवासी र त्यहाँ लगानी गरेर चिनियाँ व्यवसाय संचालन गरिरहेका कर्मचारीका लागि यस शान्ति जहाज अस्पतालले निःशूल्क उपचार सेवा प्रदान गर्न थालेको छ।

              अगष्टको मुम्बई वर्षा ऋतु अन्तर्गत पर्दछ तापनि यस सात तारिखका दिनमा जलवायु एकदमै राम्रो देखिन्छ। विहान आठ बजे चीनको शान्ति जहाज अस्पतालले आफ्नो पहिलो चरणको अतिथि स्वागत गरेको थियो। ती अतिथिमध्ये भारतमा बसोबास गर्ने चिनियाँ मूलका विदेशी र चिनियाँ प्रवासी, भारतका लागि चिनियाँ राजदूतावासका कर्मचारी र त्यहाँ बस्ने चिनियाँ व्यवसायका कर्मचारी आदि समावेश छन्।

             मुम्बईमा बस्ने चीनको एक नामी सञ्चार कम्पनी शाखामा कार्यरत् चिनियाँ जनता रो छ्वानले त्यहाँ एक महिनाभन्दा बढी काम गर्नुभएको छ। विदेशमा स्वदेशी जनताको अनुहार हेर्नु आफ्ना लागि एक खुशीको कुरा भएको उहाँले बताउनुभएको छ। उहाँले यसरी भन्नुभयो: कामका लागि म मुम्बई आएको हुँ। मेरो विचारमा शान्ति जहाज अस्पतालको मुम्बईको मैत्रीपूर्ण भ्रमणबाट हाम्रो चिनियाँहरुको आत्मविश्वासलाई सबल पार्नसक्ने छ।

              मुम्बईको एक पाँच स्टार रेस्टुरेन्टमा कार्यरत् चिनियाँ तरकारीको मुख्य कुकर ल्याङ्ग स्वाउ छिङले शान्ति जहाज अस्पतालमा शारीरिक जाँच गर्न पाएपछि हाम्रा पत्रकारसँग कुराकानी गर्दै भारतमा स्वेदशबाट आएको अस्पतालको चिकित्सा सेवा पाएकोमा निकै खुशी र सन्तुष्टी लागेको कुरा बताउनुभएको छ। उहाँले भन्नुभयो: भाषा नभएको कारण स्थानीय अस्पतालमा उपचार गर्न एकदमै गाह्रो छ। अहिले स्वदेशी डाक्टरले हामीलाई औषधोपचार गरेबाट विदेशमा कार्यरत् हामी चिनियाँहरुलाई माया दिएको आभाष भएको छ। यसप्रति हामी चिनियाँहरुलाई गर्व लागेको छ।

               यस शान्ति जहाज अस्पतालका डाक्टर ल्यु एक अफ्थाल्मोलोजी अर्थात् नेत्र विशेषज्ञ हुनुहुन्छ भने यस कार्यभारमा आँखा सम्बन्धी विभिन्न काम बहन गर्नुभएको छ। यस पटकको चार महिनाको अवधिमा समुद्री यात्राले उहाँहरुलाई कठिनता मात्र नभई धेरै उपलब्धि पनि हासिल गराएको छ। उहाँले यसरी भन्नुभयो: हाम्रा लागि यस यात्राको महत्वपूर्ण अर्थ रहेको छ भने हरेक कर्मचारीसँग ठूलो जिम्मेवारी रहेको छ। हाम्रो मैत्रीपूर्ण मुलुकमा रहेका सर्वसाधारलाई सेवा दिएबाट यी दुबै मुलुबीचको मित्रतालाई बढाउन सकिन्छ। हाम्रा लागि पनि आफ्नोपनको भावलाई विस्तार गर्दछ।

                शान्ति जहाज अस्पताल गत जुन महिना दश तारिखका दिन चीनको चौ शान सैनिक बन्दरगाहबाट एशियाको आठ मुलुकको भ्रमणमा निस्किएको थियो। यस भ्रमणको विभिन्न मुलुकमा अनिवार्य उपचार सेवा प्रदान गर्ने कार्यभार रहेको छ। भारतको मुम्बई शहर यस भ्रमणको चौथो गन्तव्य हो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह