फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नयाँ चीनको विकासले विश्वलाई राम्रो शिक्षा दिएको नेपालका एकजना नेताले भन्नु भएको छ

(GMT+08:00) 2013-08-09 18:14:59



              नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले चिनियाँ कम्युनिष्ट पार्टीले आधुनिक चीनलार्इ बिकासको शिखरमा पुर्‍याएको बताउनु भएको छ । गत महिनामात्र चीनको भ्रमण गरेर नेपाल फर्कनु भएका नेता ज्ञवालीले सी.आर.आई.सँग कुरा गर्दै नयाँ चीनको विकासले विश्वलाई राम्रो उदाहरण र शिक्षा दिएको बताउनुभयो ।मिहिनेती चिनियाँ जनता र चिनियाँ कम्युनिष्ट पार्टीको चुस्त नेतृत्वले गर्दा विशाल मुलुकमा भौतिक पूर्वाधार र आर्थिक विकासलाई द्रुत गतिमा अगाडि बढाउन सफल भएको आफूले पाएको पनि उहाँले स्पष्ट पार्नुभयो । हरेक पटकको चीन भ्रमणबाट आफूले नयाँ अनुभव पाएको बताउँदै चीनले गरेको प्रगति र उन्नतिले सबैभन्दा बढी फाइदा नेपाललाई पुग्ने उहाँले धारणा राख्नुभयो । अहिले संसारको आँखा चीनतिर परेको र चिनियाँ भाषाको लोकप्रियताले विश्वलाई एउटै भाषामा बाँध्न खोजेको बताउँदै नेपाली जनताले पनि अब चिनियाँ भाषा जान्नुपर्ने समय आएको बताउनुभयो । नेपालको छिमेकी घनिष्ट मित्रराष्ट्र भएकाले चीनको विकासले नेपालको विकासलाई पनि सकारात्मक प्रभाव पार्ने र चीनबाट राम्रो अनुभव लिन सकेमा नेपालको पनि विकास सम्भव भएको नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले बताउनुभयो ।

चेतनाथ आचार्य

सी.आर.आई.

काठमाडौँ

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह