फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

जटिल परिस्थितिकाबीच पाकिस्तानद्बारा इदुल फित्रको स्वागत

(GMT+08:00) 2013-08-09 18:16:58

            स्थानीय समय अनुसार अगष्ट नौ तारिखका दिन पाकिस्तानको मुस्लिम धर्मावलम्बीहरुले आफ्नो परम्परागत चाड इदुल फित्रको स्वागत गरेका छन्। इस्लाम धर्मको सबैभन्दा ठूलो चाडको हैसियतले इदुल फित्र पर्व मुस्लिमले एक महिना लामो रमादान सफलताका साथ सम्पन्न गर्ने दिन हो। तापनि हाल लगातार गराइएको आतंकवादी आक्रमण, 84 जनाको ज्यान जाने गरी भएको बाढी प्रकोप तथा कश्मिरको सीमा क्षेत्रमा गराइएको भारत र पाकिस्तानबीचको भिडन्तजस्ता जटिल परिस्थितिबाट यस पवित्र पर्वमा केही असर परेको देखिन्छ।

            इदुल फित्र पर्वमा एकजना मुस्लिम धर्मावलम्वी वृद्धा यास मीनको घरमा एमदमै रमझम छाएको छ। श्रीमती यासमेनले यसरी भन्नुभयो: इदुल फित्र पर्व मेरो लागि निकै विशेष छ। किनभने यस चाडका बेला बाहिर गएका मेरा दुई छोरा र पाँच छोरी घरमा फर्कनेछन्। सबैजना एकै ठाउँ जम्मा भई रमाइलोसँग यो चाड मनाउन पाएपछि मलाई विश्वको सबैभन्दा सुखी मानिस हुँ जस्तो अनुभव हुन्छ।

             मुस्लिमको चलनबमोजिम इदुल फित्र पर्वभन्दा अघिको रातमा सामग्री बेच्नुपर्छ भने चीनको बसन्त चाडअघि जनताले विविध सामग्री बेच्ने चलनसँग मिल्दोजुल्दो देखिन्छ। तापनि गत आठ तारिख राति पाकिस्तानको राजधानी इस्लामाबादको एफ आठ क्षेत्रमा पर्ने केही विशाल सुपर मार्केट तथा पसलमा सामग्री किन्नेको संख्या पातलो देखिन्छ। किनभने एकातिर इस्लामबादमा कामका लागि आएर बस्नेहरुको सँख्या थुप्रै छ भने चाडको अवधिमा जन्मथलोमा फर्कनेको संख्या धेरै हुन्छ। अर्कातिर आतंकवादी आक्रमणको प्रतिरोध गर्न हाल यस शहरले उच्च सतर्कताको अवस्थामा राखेको छ भने सर्वसाधारणले आफ्नो बाहिर जाने समयलाई घटाएका छन्।

             पाकिस्तानको सूचना विभागले जारी गरेको चेतावनी अनुसार पाकिस्तानी तालिवान सशस्त्र शक्तिले इदुल फित्र पर्वको अवसरमा इस्लामाबादका विमानस्थल, राष्ट्रिय संसद, राजदूतावास जस्तै ध्यानाकर्षित लक्ष्यको आक्रमण गर्ने सम्भावना छ। यसप्रति पाकिस्तानका समाचार टिप्पणीकर्ता नाविद अहमेदले यस सम्भावनाप्रति धेरै चिन्ता गर्नुनपर्ने बताउनुभएको छ। उहाँले यसरी भन्नुभयो: सूचना मन्त्रालयले सार्जनिक गरेका यी चेतावनी नियमित कार्य हुन्। केही वर्षयता इदुल फित्र पर्वको अघि र पछिका दिनहरुमा केही आतंकवादी आक्रमण गराइएको देखिन्छ। त्यसैले सरकारले सर्वसाधारणलाई चेतावनी दिनु पनि आवश्यक छ।

             सुरक्षाबाहेक जलवायुले पनि यस इदुल फित्र पर्वमा एक नकारात्मक असर ल्याएको छ। पाकिस्तानको राष्ट्रिय प्रकोप व्यवस्थापन आयोगबाट प्राप्त संकेतअनुसार हाल केही दिनयता धेरै क्षेत्रमा मुसलबारे वर्षाबाट आएको बाढीमा परी यस अगष्ट आठ तारिखसम्ममा 84जनाको मृत्यु हुनुका साथै 44 जना घाइते भएका छन् भने प्रकोपग्रस्त जनसंख्या छयसट्ठी हजार बराबर छ।

             यसका अतिरिक्त यस अगष्ट छ तारिख भारतीय सेनाले पाकिस्तानी सेनाद्बारा काश्मिरको सीमा क्षेत्र पार गरी भारत नियन्त्रित क्षेत्रमा पाँच भारतीय सेनालाई मारेकोमा चर्को आलोचना खेपिरहेको छ। यसप्रति भारतका रक्षा मन्त्री एन्टोनीले संसदमा यसरी भन्नुभयो: हामी विनाकरण भएको यस हिँसात्मक गतिविधिको कडा निन्दा गर्दछौं। भारत सरकारले कुटनैतिक तरिकामार्फत पाकिस्तान सरकारसमक्ष कडा विरोध पठाएको छ। भारतले सबै तयारी पूरा गरेको छ भने आफ्नो नियन्त्रित क्षेत्रको सुरक्षाको संरक्षण गर्न आवश्यक कदम चलाउने भएको छ।

            पाकिस्तानले भारतको निन्दाप्रति आपत्ति जनाउनुका साथै यी दुबै पक्षले शान्तिपूर्वा वार्ता पुन सुचारु गर्ने आशा प्रकट गरेको छ। तापनि भारत सरकारको कडा अडान र भारतीय जनताद्बारा गरिएको ठूलो परिधिको विरोध प्रदर्शन आदिबाट न्यानो बन्दै आएको पाकिस्तान र भारतबीचको सम्बन्धमा फेरि चिसोपना छाएको देखिएको छ।

          रमदान पवित्र र इदुल फित्र पर्व खुशीयालीका पर्व हुन सक्छन्। प्राकृतिक र मानसिक प्रकोप नभएमा पाकिस्तानमा सुन्दरता र खुशियाली छाउने थियो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह