"शान्ति मिशन-2013" नामक चीन-रुस संयुक्त आतङ्कवाद विरोधी अभ्यास आगामी तेह्र तारिखसम्म रुसको चेबार्कुलमा चल्नेछ। साथै सबभन्दा ध्यान तानेको सैन्य अभ्यास आगामी पन्ध्र तारिख आयोजना हुनेछ। चीनको सैन्य विशेषज्ञको विचारमा दुई देशका सेनाको नेतृत्वमा रहेको उक्त अभ्यासले चीन-रुस सेनाबीच व्यावहारिक सहयोग मिल्ने नयाँ ढाँचा सिर्जना गर्नुका साथै परम्परागत तथा गैर-परम्परागत सुरक्षा धम्कीको सामना गर्ने दुई देशको क्षमतालाई बढाउन सहयोग दिनसक्नेछ।
शाङ हाइ सहयोग संगठनको प्रारुपमा रहेको "शान्ति मिशन" श्रृंखला आतङ्कवाद विरोधी अभ्यासमध्ये "शान्ति मिशन-2013" चीन-रुस आतङ्कवाद विरोधी संयुक्त सैन्य अभ्यास छैठौँ पटक हो। थाहा भएअनुसार, दुई पक्षका एक हजार पाँच सयभन्दा बढी सैनिक उक्त अभ्यासमा सहभागी हुनेछन् तीमध्ये छ सय 46 जना चिनियाँ छन्। सहभागी सैनिक संख्या र प्रबन्धको स्तर पहिलेकोभन्दा बढी छैन तर दुई देशबीच भएको हरेक पारस्परिक क्रियाले विभिन्न क्षेत्रको ध्यान तान्नसक्छ।
सामान्यतः सैन्य अभ्यासका रणनीतिक सल्लाह, युद्ध तयारी र युद्ध गर्नु यी तीन विषय छन्। तर यसै सैन्य अभ्यासको रणनीतिक सल्लाह भागको सट्टामा सैनिक खटाउने तथा तैनाथ गर्ने विषय रहेको छ। सम्बन्धित विश्लेषणका अनुसार, त्यसबाट चीन-रुस अभ्यास प्रणाली विकास भएको कुरा देखिएको छ साथै आधुनिक सूचना युगमा सैनिक खटाउनु र तैनाथ गर्नुको महत्व पनि देखिएको छ।
थाहा भएअनुसार, यस अभ्यास चीनको शन याङ सैन्य क्षेत्र र रुसको मध्य सैन्य क्षेत्रको नेतृत्वमा गरिएको हो, चीन-रुस सेनाबीच व्यावहारिक सहयोगको नयाँ ढाँचा सिर्जना गरेको छ। त्यसबारे चीनको सैन्य विज्ञान प्रतिष्ठानअन्तर्गत युरोप सैन्य अध्ययन केन्द्रका उप-प्रमुख लि शु यिनले भन्नुभयो—
चीन-रुसका सीमा सैन्य क्षेत्रबाट आयोजना गरिएको संयुक्त सैन्य अभ्यास यो पहिलो पटक हो। जसले दुई देशका सेनाबीच व्यावहारिक सहयोगको नयाँ ढाँचाको सिर्जना गरेको छ। त्यसबाट एक-आपसबाट सिकेर दुई देश र दुई देशका सेनाबीचको मित्रतालाई बढाउनसकिन्छ। साथै युद्ध तयारीसम्बन्धी दुई सैन्य क्षेत्रका निर्देशन एकाइको स्तरलाई माथि उकास्नसकिन्छ।
लि शु यिनको विचारमा प्रणालीकृत चीन-रुस आतङ्कवाद विरोधी संयुक्त सैन्य अभ्यासले परम्परागत र गैर-परम्परागत क्षेत्रमा सुरक्षा धम्कीको सामना गर्ने दुई देशका क्षमतालाई प्रभावकारी रुपमा बढाउनसक्नेछ।–
हाल चीन र रुसले सीमा क्षेत्रको समस्याको पूर्ण रुपमा समाधान गरिसकेका छन्। सीमा क्षेत्रमा सम्बन्धित आपसी विश्वास सम्झौता र सैन्य जाँच प्रणाली पनि स्थापना भएको छ। प्रणालीकृत चीन-रुस संयुक्त सैन्य अभ्यास नै दुई देशबीच सुरक्षा क्षेत्रसम्बन्धी व्यावहारिक सहयोगलाई बढाउनका लागि एउटा महत्वपूर्ण विषय बन्नेछ। संयुक्त अभ्यासबाट क्षेत्रीय सुरक्षा र स्थीरताको संरक्षण गर्ने दुई देशको क्षमतालाई माथि उकास्नसकिनेछ।