फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

भारत-पाकिस्तान सीमा क्षेत्रमा भिडन्त बढ्दैआएको

(GMT+08:00) 2013-08-13 18:25:56

       हाल भारत र पाकिस्तानबीचको सीमा क्षेत्रमा रहेको काश्मिर क्षेत्रमा भिडन्त बढ्दैआएको छ। एक हप्तामा दुई पक्षले वास्तविक सीमा नियन्त्रण रेखा वरिपरि धेरै पटक गोलि हानाहान गरेका छन्। काश्मिर क्षेत्रको परिस्थिति तनावपूर्ण हुँदैआएको छ।

        गत छ तारिख पाकिस्तानले भारतको सीमा क्षेत्रमा रहेको एक जाँच चौँकीमाथि प्रहार गरेकोप्रति भारतीय सेनाले निन्दा व्यक्त गरेको थियो। भारत सेनाका अनुसार, गत पाँच तारिख राति पन्ध्र-बीस जना पाकिस्तानी सेनाको लूगा लगाएका सशस्त्र शक्तिले पाकिस्तान नियन्त्रित काश्मिरबाट भारत नियन्त्रित काश्मिर क्षेत्रमा प्रवेश गरी भारतको सीमा रक्षा चौँकीमाथि हमला गरेको थियो जसबाट पाँच जना भारतीय सेनाको मृत्यु हुनुका साथै एक जना घाइते भएको थियो।

          एघार तारिख राति पाकिस्तानले फेरि भारतीय सीमा क्षेत्रमाथि हमला गरेको थियो र भारि हतियार प्रयोग गरेको थियो। त्यसपछि भारतीय सीमा सेनाले जवाफी हमला गरेको थियो। दुई पक्षबीच पाँच घण्टासम्म दोहोरो भिडन्त भएको थियो। भारतीय सेनाका अनुसार, तेह्र तारिख विहान पाकिस्तानी सेनाले सोहि क्षेत्रबाट भारतमाथि पन्ध्र मिनेटसम्म प्रहार गरेको थियो। हालसम्म भने मानव क्षतिको खबर आएको छैन।

          भिडन्तपछि भारतीय सरकारी अधिकारीले त्यसको कडा निन्दा गरेका छन्। भारतीय शासक दल काँग्रेसका नेता सोनिया गान्धीले त्यसबारे अचम्म र दुःख लागेको कुरा व्यक्त गर्नुभयो। उहाँले वक्तव्य प्रकाशित गरी यस्तो धोकाको गतिबिधिबाट भारतलाई त्रास नलाग्ने कुरा व्यक्त गर्नुभयो।

          बाह्र तारिखदेखि भारतको पहिलो स्वयं-निर्मित विमान वाहक ठूलो जहाज संचालनमा आएको छ। उक्त संचालन समारोहमा भारतीय रक्षामन्त्री ए के एन्टोनिले भाषण गर्दै त्यस्तो आक्रमण गतिबिधिमाथि भारतले कडा निन्दा व्यक्त गरेको र त्यसमाथि जवाफी हमला गर्ने भारतीय सीमा सेनाको अधिकार रहेको बताउनुभयो। यसबाहेक भारत सरकारले पाकिस्तानी उप-उच्चायुक्त मनसूर अहमद खानलाई बोलाइ पाकिस्तानको कुटनीतिक तरीकामार्फत कडा विरोध गरेको छ।

          भिडन्त बढ्दैआएको परिस्थितिमा अन्तर्राष्ट्रिय समूहले पनि भारत-पाकिस्तान सीमा स्थितिमाथि ध्यान दिएको छ। संयुक्त राष्ट्र संघका महासचिव बान कि मूनले शान्तिपूर्ण उपायमार्फत सीमा भिडन्तको समाधान गर्न भारत र पाकिस्तानलाई आह्वान गर्नुभएको छ। हाल बान कि मून पाकिस्तानको दुई दिने भ्रमणमा हुनुहुन्छ। र यस क्रममा दुई पक्षले शान्तिपूर्ण रुपमा समाधान गर्न राम्रो शर्त दिनसक्ने सबैको विश्वास छ।

          यसका साथै अमेरिकी विदेशमन्त्रालयका प्रवक्ता मारी हार्फले पनि वक्तव्य सार्वजनिक गर्नुभएको छ। वक्तव्यमा भनिएको छः भारत र पाकिस्तान दुई देशले आपसी विश्वासलाई बढाएर सम्बन्धित कदम चालेर दौत्य सम्बन्धको सुधार गर्नुपर्छ। काश्मिर क्षेत्रमा अतिवाद विस्तार हुनेबारे अमेरिकाको चिन्ता रहेको छ तर काश्मिर समस्याको समाधान गर्ने भारत र पाकिस्तानको क्षमता रहेको विश्वास अमेरिकाले लिएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह