फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

शरिफको भनाइलाई भारतद्वारा स्वागत

(GMT+08:00) 2013-08-14 18:03:06

         हाल भारत र पाकिस्तानबीच काश्मिर क्षेत्रको सीमा क्षेत्रमा भिडन्त बढ्दैआएको छ। एक हप्ताभित्र दुई पक्षले वास्तविक सीमा नियन्त्रण रेखा वरिपरि धेरै पटक गोलि हानाहान गरेका छन्। यस्तो तनावपूर्ण स्थितिमा बाह्र तारिखका दिन पाकिस्तानी नव प्रधानमन्त्री नवाज शरिफले टिप्पणी प्रकाशित गरी पाकिस्तान-भारत सम्बन्धको नयाँ सुरुवात हुने आशा आफूले लिएको कुरा व्यक्त गर्नुभएको छ। यसप्रति भारतीय विदेश मन्त्रालयले शरिफले भारतसँग राम्रो सम्बन्ध स्थापना गर्न खोजेको गतिबिधिप्रति भारतले स्वागत गरेको जनाएको छ।

         पाकिस्तानी नव प्रधानमन्त्री नवाज शरिफले बाह्र तारिख टिप्पणी प्रकाशित गरी भारत र पाकिस्तान असल साथी बन्नु निकै महत्वपूर्ण छ भन्दै पाकिस्तान-भारत सम्बन्धलाई नयाँ सुरुवात दिएर शान्तिपूर्ण वातावरणमा दुई देशबीच दीर्घकालसम्म देखिएको समस्याको समाधान गर्नुपर्ने बताउनुभयो।

        यसप्रति भारतीय विदेश मन्त्रालयका प्रवक्ता सइद अक्बरुद्दिनले तेह्र तारिख नयाँ दिल्लीमा आयोजित पत्रकार सम्मेलनमा शरिफले भारतसँग असल सम्बन्ध स्थापना गर्न खोजेको गतिबिधिप्रति भारतले स्वागत गरेको कुरा व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो

        नव निर्वाचित पाकिस्तानका प्रधानमन्त्री शरिफले खुला रुपमा भारत-पाकिस्तान सम्बन्धको भविष्यलाई शान्ति, मित्रता र सहयोगको रुपमा राखेकोप्रति हामीले स्वागत गरेका छौँ। भारतले पाकिस्तानसँग मिलेर शान्ति वार्ता गरी राम्रो वातावरणमा समस्याको समाधान गर्नेछ।

         तर श्री सइदले गत साता भारत-पाकिस्तान वास्तविक नियन्त्रण रेखा वरिपरि गम्भीर भिडन्त भएको र त्यसबाट कैयौँ भारतीय सेनाको मृत्यु भएको भन्दै यस्तो परिस्थितिमा दुई पक्षबीच राम्रो वार्ता वातावरण नरहने कुरामा पनि जोड दिनुभयो । उहाँले भन्नुभयो—

         शान्तिपूर्ण तथा मैत्रीपूर्ण वार्ताको लागि हिंसात्मक तथा आतंकवादरहित वातावरण चाहिन्छ। गत साताको भिडन्तबाट आवश्यक वातावरण बन्दैन। दुई पक्षबीचको वार्ता कहिले हुने हालसम्म ठोस तयारी छैन। उचित समयमा सुनाउँछौँ।

         यसबाहेक सइदले भारत-पाकिस्तान वास्तविक नियन्त्रण रेखा र सीमा क्षेत्रको शान्तिको संरक्षण गर्नु नै दुई देशबीच आपसी विश्वास स्थापना गर्ने आधार भएको र क्षेत्रीय आतंकवाद शक्तिमाथि प्रहार गर्नु पनि समान रुपमा महत्वपूर्ण रहेको कुरा व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो—

          पाकिस्तानले आफ्नो भूमिको प्रयोग गरी भारतमाथि हुने आतंकवाद तथा हिंसात्मक गतिबिधि रोक्ने आशा हामीले लिएका छौँ। हामीले सम्बन्धित कदम चालेर सो क्षेत्रको आतंकवादी नेटवर्क र आवश्क प्रबन्धमाथि प्रहार गर्नुपर्छ जसले सन् 2008 मुम्बई हमलाका पीडितले न्याय पाउनेछ।

          साथै सन् 2008 मुम्बई हमलाको प्रमुख योजनाकार अर्थात पाकिस्तान अवैधानिक सशस्त्र शक्ति लशकर-ऐ-तोइबाको संस्थापक हाफिज सइदलाई पाकिस्तानले छिटो पक्राउ गर्नुपर्ने कुरा पनि श्री सइदले व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो—

           त्यो सन् 2008 मुम्बइ हमलाको प्रमुख योजनाकार हो र त्यसले गरेको सबै अवैधानिक गतिबिधि हामीले स्पष्ट रुपमा बुझेका छौं। त्यसलाई पक्राउ गर्न हामी प्रयासरत छौं।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह