फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सिन्धुरक्षक पनडुब्बी विस्फोटनप्रति भारतीय रक्षामन्त्रीद्वारा सहानुभूति व्यक्त

(GMT+08:00) 2013-08-15 16:59:48

        चौध तारिख विहान सबेरै भारतीय नौ सेनाको एउटा किलो क्लास "सिन्धुरक्षक" नामक पनडुब्बी जहाज बन्दरगाह शहर मुम्बइमा रहेको एक उच्च-सुरक्षास्तरीय जहाज कारखानामा विस्फोटन भएको छ। अठार जना सैनिककर्मीहरू जहाजसँगै डुबेका छन्। भारतका रक्षमन्त्री ए के आन्टोनिले पत्रकारसँग कुराकानी गर्दै उक्त दुर्घटनामा मरेका सेनाप्रति सहानुभूति व्यक्त गर्नुभएको छ। तर खासै कति जनाको मृत्यु भयो भन्नेबारे उहाँले जानकारी दिनुभएको छैन।

        थाहा भएअनुसार, चौध तारिख विहान सबेरै उक्त पनडुब्बी विस्फोटन भएर ठूलो आगलागी भएको थियो। जहाजको आधाभन्दा बढी भाग डुबेको थियो। विस्फोटन हुँदा वारुण यन्त्रशालाका उप-प्रमुखले सबभन्दा पहिलो सुचना पाउनुभयो। त्यति खेर उहाँ कारखाना नजिक निजी काम गर्दैहुनुहुन्थ्यो। सुनेपछि उहाँले तुरुन्तै वारुण यन्त्रशाला तथा अरु अकस्मात विभागलाई खबर गर्नुभयो। मुम्बइ वारुण यन्त्रशाला र बन्दरगाह कार्य व्यूरोले सोह्र दमकल पठाएर आगो विस्तार हुनबाट रोकेका थिए। दक्षिणी मुम्बइका धेरै बासिन्दाले धुवाँको मुस्लो देखेका थिए।

        त्यसपछि भारतीय रक्षामन्त्रालयका एक अधिकारीले वक्तव्य प्रकाशित गरी विस्फोटन भएपछि जहाजको डेकमा रहेका धेरैजसो समुद्रमा उफ्रेर बचेका बताएको थियो। तर तीन सेनालगायत अठार जना जहाजभित्र थिए। घाइतेहरुलाई नजिकै अस्पतालमा पुर्‌याइएको छ। भारतीय नौ सेनाका एक अधिकारीले जानकारी दिएअनुसार, उद्धार टोलीले बाहिरबाट जहाजलाई खुला गरी भित्र रहेका सैनिककर्मीलाई बचाउन प्रयास गरिरहेको छ।

         सन् 1997मा रुसबाट उक्त "सिन्धुरक्षक" नामक किलो क्लास पनडुब्बी जहाज किनेको थियो। सन् 2010 जुन महिनामा एक दुर्घटना भएपछि भारत र रुसले मर्मत सम्झौतामा हस्ताक्षर गरेका थिए। त्यसपछि "सिन्धुरक्षक" नामक पनडुब्बी जहाजलाई रुसी कारखानामा पठाएर पूर्ण रुपमा मर्मत र अपग्रेड गरिएको थियो। केही महिनाअघि मात्र भारतमा फर्काएको थियो।

         दुर्घटनाको ठोस कारणबारे हालसम्म भारतीय सेनाले जनाएको छैन। तर प्राप्त समाचारअनुसार, दुर्घटना हुँदा उक्त जहाजमा धेरै गोला-बारुद थियो। आगो लागेबाट गोलि-बारुद विस्फोटन भएको र जहाज डुबेको थियो।

         वास्तवमा गत पाँच वर्षमा भारतीय नौ सेनाको किलो क्लास पनडुब्बी जहाजको धेरै पटक दुर्घटना भएको छ। सन् 2008 जनवरीमा भर्खरै मर्मत गरी रुसबाट फर्काएको किलो क्लास पनडुब्बी जहाज पाकिस्तानी समुद्री क्षेत्र नजिक एक वाणिज्य जहाजसँग ठोकेको थियो।

         सन् 2010 फेब्रुअरीमा भारतीय बिशाखापत्नाम सैन्य बन्दरगाहमा यसै दुर्घटनामा परेको "सिन्धुरक्षक" पनडुब्बीमा ब्याट्रीको कारण ठूलो आगलागी भएको थियो र त्यसबाट एक जनाको मृत्यु भएको थियो। सन् 2011मा अर्को किलो क्लास पनडुब्बी जहाज मुम्बइ बन्दरगाहतिर फर्किरहेको एक वाणिज्य जहाजसँग ठोकेको थियो त्यसबाट पनडुब्बी जहाज गम्भीर रुपमा क्षति भयो। सौभाग्यवश कोही मानिस हताहत भएन।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह