फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ उपभोक्तासामु सुनको उपभोग माग बढ्दो

(GMT+08:00) 2013-08-19 15:32:20

      विश्व सुन संघले हाल दोस्रो त्रैमासिक "सुनको माग प्रवृत्ति प्रतिवेदन" प्रकाशित गरेको छ। उक्त प्रतिवेदनका अनुसार, केही समयदेखि यता सुनको भाउ घटेकाले सुनको माँग झन् बढेको छ। विशेष गरी वर्तमान विश्वमा सबैभन्दा सुनको उपभोग बजार—चीन र भारतमा सुनको माग स्पष्ट रुपमा बढेको देखिएको छ। त्यसमध्ये चीनमा सुनको माग गत वर्षको सोहि अवधिको तुलनामा 54 प्रतिशतले वृद्धि भएको छ। अब यस विषयसम्बन्धी थप विवरण सुन्नुहोस्—

      सामान्य रुपमा चीनमा पहिला पहिला दोस्रो त्रैमासिकमा सुन प्रयोगको माग सुस्त हुने मौसम हो। तर अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ घट्नु, चीनमा अरु लगानीका क्षेत्रमा नकारात्मक स्थिति देखिनु र साँस्कृतिक परम्पराबमोजिम सुनप्रतिको आकर्षण बढ्दै जानु जस्ता कारणले चालू वर्षमा सुनको उपभोग बजार निरन्तर रुपमा राम्रो हुँदै गएको देखिन्छ।

      विश्व सुन संघद्बारा प्रकाशित "सुनको माग प्रवृत्ति प्रतिवेदन"मा उल्लेख भएअनुसार, सन् 2013 मा चीनमा सुनको माग तीव्र गतिले वृद्धि भएर एक हजार टन पुग्नेछ। विश्वमा सुनको उपभोग गर्ने सबैभन्दा ठूलो मुलुक भारतलाई चीनले चुनौती दिइरहेको छ। सुनको उपभोगमा चिनियाँ उपभोक्ताको योगदानबाहेक सम्भावित रुपमा केन्द्रिय बैंकले सुनको भण्डार मात्रालाई बढाउने योजना बनाउनुपर्ने चिनियाँ प्रसिद्ध आर्थिक टिप्पणीकार सुन चले व्यक्त गर्नुभएको छ।

     "विश्वव्यापी केन्द्रिय बैंकको सुन भण्डारबाट हिसाब गरेर चिनियाँ केन्द्रिय बैंकको सुन भण्डारको मात्र कूल सुन भण्डार अनुपात कम भएको छ। मध्यम र दीर्घकालीन दृष्टिबाट हेर्दा भण्डारण मात्रा थप्नु आवश्यक छ। त्यसैले चिनियाँ बजार महत्वपूर्ण सुनको उपभोग बजार भइसकेको छ।"

      सुनको भाउ सस्तो भएर चीन र भारतको सुनको उपभोग बजार राम्ररी बढे तापनि सुनको भाउ दीर्घकालीन समन्वय अवधिमा रहनुका साथै छोटो समयमै बढ्न नसक्ने विश्लेषण टिप्पणीकार सुनले गर्नुभएको छ।

     "बैकिंङ संकटको अवधिमा सुनको माग बढ्नुको वास्तविक कारणले गर्दा पूँजी संकटलाई खतराबाट जोगाउनु आवश्यक छ। वर्तमान यूरोप र अमेरिकाको अर्थतन्त्र पुनरुत्थान हुनुका साथै परिस्थिति क्रमशः स्थीर भएर अपेक्षित राम्रो हुँदैआएको छ। त्यसैले खतराबाट उन्मुक्तिको अवस्था घट्नेछ। जसबाट सुनको भाउले तुलनात्मक रुपमा दीर्घकालीन समन्वय अवधिमा प्रवेश गरेको छ।"

      चिनियाँ उपभोक्ताको तुलनामा यसै दोस्रो त्रैमासिकमा सोरोस, पाउल्सोन लगायत लगानी क्षेत्रका गन्यमाण्य व्यक्तिहरुले बेग्ला-बेग्लै रुपमा आफ्नो सुन कोष विक्री गरेका छन्। सन् 2013को दोस्रो त्रैमासिकमा विश्वमा सुनको कूल माग 12प्रतिशतले घटेको छ। विश्लेषक सुनका अनुसार, यो अल्पावधिक लगानी गतिविधि हो।

     "यी ठूला लगानीकर्ताहरुले सुन लगानी गरेर नाफा कमाउने एउटा व्यापार हो। त्यसैले यिनीहरुले दीर्घकालीन नाफाको मूल्यांकन गरेको होइनन चालू वर्ष वा छ महिनाको अवस्थाको मूल्यांकन मात्रै गरेका हुन्। त्यसैगरी यसै अवधिमा सुनको कोष विक्री गतिविधि सामान्य छ। वास्तवमा दीर्घकालीन सुनको भाउप्रति यिनीहरु पनि आशावादी भएका छन्।"

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह