फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन र अमेरिकाका रक्षा मन्त्रीबीचको भेटवार्ता

(GMT+08:00) 2013-08-20 11:15:09

      चिनियाँ रक्षामन्त्री छाङ्ग वान छ्युनले 19 तारिखका दिन वाशिन्टनमा अमेरिकी रक्षा मन्त्री छुक हागेलसँग भेटवार्ता गर्नुभएको छ। दुवै पक्षले दुई मुलुकको सम्बन्ध, सैन्य सम्बन्ध, द्बिपक्षीय मामिला, क्षेत्रीय मामिलाआदि अनेकन विषयबारे छलफल गरेर धेरै मतैक्यता प्राप्त गर्नुभएको छ। अब यस विषयसम्बन्धी थप विवरण सुन्नुहोस्—

      वार्तापछि अमेरिकी मन्त्री हागेलले उक्त वार्ता फलदायी भएको कुरा बताउनुभएको छ।

     "हामीले भर्खर एउटा निकै फलदायी वार्ता पूरा गरेका थियौं। वार्तामा अमेरिकाले प्रयास गरी चीनसँग सक्रिय र रचनात्मक सम्बन्धको निर्माण गर्ने कुरा मैले दोहोर्‍याएँ। अमेरिका र चीनको सम्बन्ध एशिया-प्रशान्त क्षेत्रको सुरक्षा तथा स्थिरता र 21 ‌औं शताब्दीमा दुई मुलुकको सुरक्षा तथा समृद्धिका लागि पनि सहयोगी भएको छ।"

      गत वर्ष अमेरिकाले एशिया-प्रशान्त क्षेत्रलाई पुनः संतुलित पार्ने रणनीति प्रस्तुत गरेको थियो। एशिया-प्रशान्त क्षेत्रमा अमेरिकाले सैन्य शक्ति देखाएर केही क्षेत्रमा क्षेत्रीय परिस्थितिलाई जटिल पनि पारेको चिनियाँ रक्षामन्त्री छाङ्गले व्यक्त गर्नुभएको छ। उहाँले अमेरिकाको रणनीतिबारे चीनको चासोबारे धारणा व्यक्त गर्नुभएको छ।

     "हामी अमेरिका र अरु एशिया-प्रशान्त क्षेत्रीय मुलुकको साझा रुपमा प्रशान्त क्षेत्रमा बसेका छौं। सबैको आशा शान्ति नै हो। अमेरिकाको एशिया-प्रशान्तलाई पुनःसंतुलन रणनीतिले प्रशान्त क्षेत्रलाई शान्तिको बाटोमा पुर्‍याउने आशा हामीले गरेका छौं। यो भनेको संतुलन विभिन्न पक्ष, विभिन्न मुलुकको संतुलन हो। पुनः संतुलनको उदेश्य संतुलन नै हो। यदि असंतुलन भएमा सबैको आशा उल्लंघन भएको ठहर्छ। अमेरिकासँग एशिया-प्रशान्त क्षेत्रको शान्ति तथा स्थिरताको सुरक्षा गर्ने हाम्रो इच्छा छ।"

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह