फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चालू वर्ष रेल क्षेत्रमा योजनाभन्दा बढी लगानी गर्ने चीन सरकारको योजना

(GMT+08:00) 2013-08-20 19:12:43

      चिनियाँ सरकारी वेवसाइटले हाल "रेलमा लगानी गर्ने तथा पूँजी जुटाउने प्रणालीलाई सुधार गरेर रेलको निर्माणलाई तीव्र बनाउने अवधारणा" सार्वजनिक गरेको छ। उक्त अवधारणा अनुसार, अझ बढी प्रयासका साथ सन् 2013 मा योजनाभन्दा अलिक बढी लगानी रेल क्षेत्रमा गर्नुपर्ने देखिन्छ साथै शहरबीचको रेल लगायत रेलको स्वामित्व र व्यवस्थापन अधिकारलाई स्थानीय सरकार तथा सामाजिक पूँजीसमक्ष खुला गरिनेछ। रेलमा लगानी गर्ने तथा पूँजी जुटाउने प्रणालीलाई सुधार गर्ने, रेलको टिकट दरलाई सुधार गर्ने तथा पूर्णता दिने लगायतका विविध पक्षबारेको विचार पनि समेटिएको छ। यस अवधारणाले चिनियाँ रेल क्षेत्रको सुधारलाई मजबुत बनाउन फेरि एकपटक तत्परता देखाएको विश्लेषण गरिन्छ।

      चिनियाँ अन्तर्राष्ट्रिय आर्थिक आदान-प्रदान केन्द्रका अनुसन्धान कर्ता वाङ्ग चुनका अनुसार, चिनियाँ अर्थतन्त्रको वृद्धि गतिलाई विस्तार गरेर न्यूनतम स्थितिमा झर्ने बेलामा राज्य परिषदले उक्त विचार प्रकाशित गर्ने उद्देश्य रेललगायत आधारभूत प्रबन्धको लगानीभर वृद्धिलाई स्थीर पार्ने लक्ष्यलाई घच्घच्याउनु हो।

    "मध्य-पश्चिमी क्षेत्रमा रेल र शहरबीचको रेल यातायातको निर्माण कमजोर भएर विकास गर्नुपर्ने धेरै ठाउँहरु छन्। आगामी केही वर्षमा आधारभूत प्रबन्धद्बारा वृद्धिलाई स्थीर पार्ने तर्फ ठीकै हो । तर पूँजीको समस्या कसरी समाधान गर्ने? केही वर्षअघि रेलमा कम लगानी गरेर उच्च ऋण दरलाई कम पार्ने हो कि? यी र यस्ता समस्या देखा परेका छन्। त्यसैले राज्य परिषदले उक्त "विचार"लाई पारित गरेर वृद्धिलाई स्थीर पार्न रेलमा गरिएको लगानीमार्फत् घरेलु मागलाई बढाउने यो महत्वपूर्ण कदम हो।"

     त्यसका साथै नयाँ सञ्चालित रेलको लम्बाइ पाँच हजार पाँच सय किलोमिटर पुग्नेछ। चालू वर्षको अन्त्यसम्म राष्ट्रभरिको रेलवैको लम्वाइ एक लाख किलोमिटर पुग्ने अनुमान गरिएको छ। दक्षिण-पश्चिमी यातायात विश्वविद्यालयअन्तर्गत यातायात तथा ढूवानी विद्यालयका प्रमुख फङ्ग चि युआनले रेल नेटको निर्माणबाट आर्थिक वृद्धि गतिलाई कायम राख्न सहयोगी हुने आशा व्यक्त गर्नुभएको छ।

     "कूल मात्राबाट हेर्दा अमेरिकाको रेल लम्बाइ दुइ लाख किलोमिटर छ। चालूवर्षसम्म हाम्रो रेलको लम्वाइ दश लाख किलोमिटर मात्रै पुग्नेछ। हाम्रो कूल गार्हस्थ उत्पादन मात्राको विकास गति निकै तिव्र भएर विश्वमा दोस्रो स्थानमा रहेको छ। वर्तमानको रेल परिमाणले आर्थिक विकास गतिलाई समर्थन गर्न गाह्रो छ। त्यसैले हाम्रो रेलले बलियो र उच्च गुणस्तरीय रेल नेटको निर्माण गर्नु आवश्यक छ। जसबाट उच्च गुणस्तरीय र क्षमतायुक्त मैत्री यातायात प्रणालीको स्थापनामा राष्ट्रिय अर्थतन्त्रको वैज्ञानिक विकासलाई प्रत्याभूति दिनुपर्छ। "

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह