फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ अर्थतन्त्रको हॉट स्पॉट र कठिनाईसम्बन्धी पत्रकार सम्मेलन

(GMT+08:00) 2013-08-21 17:39:22

      चालू वर्षमा चिनियाँ अर्थतन्त्रको वृद्धि गति विस्तार भएका हुनाले चिनियाँ अर्थतन्त्रको भविष्यबारे बाहिरी पक्षको चासो बढ्दै गएको छ। चिनियाँ अर्थतन्त्रको सञ्चालन अवस्थालाई चौतर्फी र गहन रुपमा बुझाउनका लागि चिनियाँ परराष्ट्र मन्त्रालयले 21 तारिखका दिन पत्रकार सम्मेलनको आयोजना गरेको छ। पत्रकार सम्मेलनमा चिनियाँ गन्यमाण्य अर्थशास्त्रीले चिनियाँ तथा विदेशी सञ्चार माध्यमसँग कुराकानी गर्दै वर्तमान चिनियाँ अर्थतन्त्रको परिस्थितिमा रहेको हॉट स्पॉट र कठिनाईबारे प्रत्यक्ष रुपमा व्याख्या गरेका छन्। अव यस विषयसम्बन्धी थप विवरण सुन्नुहोस्—

     "म टर्की दैनिक अखवारको सम्वाददाता हुँ। मैले तेस्रो र चौथो स्तरका शहरका घरजग्गा कारोबार बजारबारे ध्यान दिइरहेको छु। चीनले यस विषयबारे कुनै कदम चाल्नेछ कि?

     म होल्याण्ड अन्तर्राष्ट्रिय समाचार टेलिभिजनबाट आएको हुँ। मेरो प्रश्न चिनियाँ श्रमिकको आपूर्तिसँग सम्बन्धित छ।

     चिनियाँ केन्द्रिय टेलिभिजनको पत्रकार हुँ। चिनियाँ अर्थतन्त्रको वृद्धि गति विस्तार भएर अरु आर्थिक समूहमा प्रभाव पार्नेछ कि? बाहिरी पक्षले नजर पुर्‍याएको छ।"

      21 तारिख विहान चिनियाँ परराष्ट्र मन्त्रालयले पत्रकार सम्मेलनको आयोजना गरेर चीनको राष्ट्रिय सूचना केन्द्रका प्रथम अर्थशास्त्री फान चेन फीङ्गलाई निम्त्याएको थियो। अर्थशास्त्री फानले चिनियाँ तथा विदेशी सञ्चार माध्यमसमक्ष वर्तमान चीनको आर्थिक परिस्थिति र चिनियाँ अर्थतन्त्रको विकास प्रवृत्तिबारेमा जानकारी दिनुभएको छ।

      चालू वर्षमा चिनियाँ अर्थतन्त्रसित सम्बन्धित विषय ध्यानाकर्षणको विषय बनेको छ। पहिलो तीव्र गतिले विकसित चिनियाँ अर्थतन्त्रले क्रमशः वृद्धि गतिलाई विस्तृत पारेको छ। जसबाट बाह्य समाजको चासो बढाएको छ। त्यसप्रति वर्तमान चिनियाँ अर्थतन्त्रको वृद्धि गति संकटपूर्ण अवस्थामा नपरेको र उचित नयाँ अवस्थामा रहेको कुरा फानले व्यक्त गर्नुभएको छ।

     "चालू वर्षका अघिल्ला छ महिनामा चीनको कूल गार्हस्थ उत्पादन मात्रा गत वर्षको सोहि अवधिको तुलनामा 7.6प्रतिशतले बढेको छ। यस्तो वृद्धि गति अपेक्षाकृत लक्ष्यको उचित अवस्थामा रहेको छ। वर्तमान चीनको निहित वृद्धि क्षमताको तुलनामा यो पनि उचित वृद्धि गति हो। वर्तमानको वृद्धि गतिमा कुनै खतराको संकेत छैन। चीनको निहित वृद्धि शक्ति घटेपछि नयाँ सामान्य अवस्था हो। यदि चिनियाँ अर्थतन्त्रले 7देखि 9प्रतिशतसम्मको उचित वृद्धि गतिलाई कायम राखेमा गम्भीर मुद्रास्फिति वा संकुचन हुनेछैन। साथै रोजगारी अवस्था पनि राम्रो हुनेछ।"

      स्पेन समाचार समितिका सम्वाददाता एक्सभिर फोनट्डेग्लोरियका अनुसार, हाल आर्थिक वृद्धिदर घटेको चीनले आर्थिक वृद्धिको गुणलाई छिटो माथि उकास्दै जानेछ। तर मात्रै केही समय चाहिन्छ।  

     "यद्यपि चिनियाँ अर्थतन्त्रको वृद्धि गति घटे तापनि मलाई थाहा छ, चीन सरकारले अझ बढी प्रयासमा अर्थतन्त्रको गुणलाई माथि उकासेको छ। यो परिवर्तनको सुरुवात हो। वास्तवमा चीनको आर्थिक अवस्था अरु मुलुकभन्दा अझ राम्रो छ। त्यसैले हामीले चीनका लागि त्यति चिन्ता लिनुपर्दैन।"

      पहिले श्रमिक श्रोत प्रशस्त भएको चीनमा श्रमिक अभाव हुनथालेको छ। श्रमिक अभावको समस्याले चिनियाँ अर्थतन्त्रलाई कठिनाइ दिने एउटा कारक तत्व बनेको छ। फान चे फीङ्गले यस समस्याको बारेमा आफ्नो उत्तर दिनुभयो—

     "मेरो विचारमा यस समस्याको समाधान गर्ने सबैभन्दा महत्वपूर्ण उपाय हाम्रो श्रमिकको गुणस्तरलाई माथि उकास्नु हो। किनभने श्रमिक र आर्थिक वृद्धबीचको सम्बन्ध मात्रा मात्र होइन। हाम्रो श्रमिकको गुणस्तर पनि माथि उकासिनुपर्छ। यो श्रमिक उत्पादन दरलाई माथि उकास्ने कारक तत्व हो।"

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह