फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पुराना नेपाली श्रोताद्वारा सिआरआई प्रस्तोतासँग साक्षात्कार

(GMT+08:00) 2013-08-21 19:28:53

      सिआरआई नेपाली सेवाका पुराना श्रोता एवं नेपाल सरकार सूचना तथा संचार मन्त्रालयका नायवसुब्बा नवराज आचार्यले अगष्ट एक्काईस तारिखका दिन चीनको राजधानी पैचिङ्गस्थित रेडियो केन्द्रमा आई नेपाली सेवाको अवलोकन भ्रमण तथा प्रस्तोताहरुसँग साक्षात्कार गर्नुभएको छ।

      सिआरआई श्रोता क्लवहरुको राष्ट्रिय परिषद नेपालका संस्थापक सदस्य समेत रहनुभएका आचार्यले नेपाली सेवाका कर्मचारीहरुसँगको साक्षात्कारमा 1990 अघिदेखि आफू श्रोता छँदाका अनुभवहरु सुनाउनुभएको थियो। सिआरआई नेपाली सेवाले संचालन गर्ने ज्ञान विज्ञान प्रतियोगिताहरु, रेडियो कार्यक्रममा आफूले लेखेका प्रतिक्रियाहरु र सिआरआईद्वारा पठाइएका शुभेच्छा र उपहारहरु अझै पनि सुरक्षित राखेको उहाँले सुनाउनुभयो।

      कार्यक्रम प्रस्तोताहरुले राखेका जिज्ञासाहरुको जवाफ दिंदै उहाँले श्रोता प्रतिक्रियाका आधारमा कार्यक्रमहरु संचालन गरेमा अझ प्रभावकारी हुने सुझाव दिनुभयो। त्यस्तै हाल राजधानीमा मात्रै एफएमबाट प्रसारण गरिएकोमा नेपालका प्रमुख सहरहरुका एफएमबाट पनि प्रसारणको व्यवस्था गर्न सकेमा धेरै श्रोताहरुलाई आकर्षित गर्न सकिने र नेपालमा विकसित संचारप्रविधिको प्रतिष्पर्धामा आफूलाई खरो उतार्न सक्ने सुझाव दिनुभयो।

      चीन सरकारले हालै लिएको चाइना ड्रिमको अर्थ नेपालको विकास निर्माणका सन्दर्भमा पनि प्रभावकारी भएको बताउँदै उहाँले अस्पताल निर्माण बाटोघाटो आदि क्षेत्रमा चीनले गरेको लगानीलाई नेपाली नागरिकले हृदयदेखि नै स्वीकार गरेको बताउनुभयो।

      हाल विश्व समुदायमा चीनले आफ्नो आर्थिक विकासको तीव्रताका कारण प्रभाव जमाएको सुनाउँदै आचार्यले अहिले विश्वसमुदायको चीन हेर्ने आँखा परिवर्तन भएको अनुभव सुनाउनुभयो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह