फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको निर्यात-आयातमा स्थिरताका संकेत देखिंदै

(GMT+08:00) 2013-08-23 18:07:11





       पछिल्लो तथ्याङ्कका अनुसार, जुलाई महिनामा चीनको निर्यात-आयात मात्रा गत वर्षको सोहि अवधिको तुलनामा 7.8 प्रतिशत पुगेर स्थिरताका साथ वृद्धिको बाटोमा अघि बढ्ने प्रवृत्ति देखिएको छ। चिनियाँ वाणिज्य मन्त्रालयका प्रवक्ता शन तान याङ्गले 23 तारिखका दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै जूलाई महिनामा निर्यात-आयात वृद्धि गति प्रतिक्षेप भएको मुख्य कारण हालै चीन सरकारले व्यापार सुविधा नीति तथा कदम र अनेकन समग्र आर्थिक नीतिको प्रस्तुती रहेको चर्चा गर्नुभएको छ। उहाँका अनुसार, अनेकन नीति तथा कदममार्फत् व्यवसायको निर्यात सक्रियता बढेर निर्यातलाई घच्घच्याइएको छ। साथै घरेलु मागले पनि आयातलाई बढाएको छ।

      चीनको राज्य परिषद्ले हाल चीन एवम् शाङ्गहाइ स्वतन्त्र व्यापारिक परिक्षण क्षेत्रको स्थापना गर्नका लागि औपचारिकरुपमा अनुमोदन गरेको छ। प्रवक्ता शनका अनुसार, शाङ्गहाइ स्वतन्त्र व्यापारिक परिक्षण क्षेत्रले राष्ट्रभरि सुधार तथा मुक्तिलाई गहन पार्न अनुभवको संकलन गर्नेछ।

      हाल चीनमा निर्यात भएका गाडीको खरिद भाउ अरु मुलुकको तुलनामा धेरै बढी भएको समस्याले चिनियाँ समाजको नजर आकर्षित गरेको छ। त्यसप्रति उपभोक्ताको वैध अधिकार तथा हितको सुरक्षा गर्न वाणिज्य मन्त्रालय र अरु सम्बन्धित विभागले "गाडीको मार्का तथा खरिदको व्यवस्थापनसम्बन्धी तरीका"बारे संशोधन तथा पूर्णता दिइरहेका प्रवक्ता शनले व्यक्त गर्नुभएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह