फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका राष्ट्राध्यक्ष सि चिंग फिंगद्बारा तुर्कमेनिस्तान, कजागस्तान, उज़्बेकिस्तान तथा किर्गिजस्तानको भ्रमण गर्नुहुने

(GMT+08:00) 2013-08-26 17:12:57

        चीनका परराष्ट्र मन्त्रालयका प्रवक्ता छिंग काङले तुर्कमेनिस्तान, कजागस्तान, उज़्बेकिस्तान तथा किर्गिजस्तानका राष्ट्रपतिको निमन्त्रणामा चीनका राष्ट्राध्यक्ष सि चिंग फिंगले आगामी महिनाको तीन तारिखका दिनदेखि तेह्र तारिखका दिनसम्म यी चार वटा मुलुकको भ्रमण गर्नुहुने बताउनुभएको छ।

       बताए अनुसार, रुसी राष्ट्रपति पूतिनको निमन्त्रणामा चीनका राष्ट्राध्यक्ष सि चिंग फिंग सेप्टेम्बर महिनाको पाँच र छ तारिखका दिन रुसको सेंट पीटर्सबर्गमा आयोजना हुने बीस मुलुक संगठन अन्तर्गत आठौं शिखर सम्मेलनमा सहभागी हुनुहुने छ।

         साथै किर्गिजस्तानका राष्ट्रपतिको निमन्त्रणामा चीनका राष्ट्राध्यक्ष सि चिंग फिंग सेप्टेम्बर महिनाको तेह्र तारिखका दिन किर्गिजस्तानको बिश्केकमा आयोजना हुने शाङहाइ सहयोग संगठनका सदस्य मुलुकका नेता बीचको समिति अन्तर्गत तेह्रौं बैठकमा सहभागी हुनेहुने छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह