फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन बौद्ध धर्म संघ स्थापना भएको साट्ठीऔं वार्षिकोत्सव मनाइएको

(GMT+08:00) 2013-08-26 18:15:31

       चीन बौद्ध धर्म संघ स्थापना भएको साट्ठीऔं वार्षिकोत्सव छब्बीस तारिखका दिन पैचिङमा मनाइएको छ। संघका अध्यक्ष स्थविर छुआन यीनले सो वार्षिकोत्सव सम्मेलनमा सम्बोधन गर्दै चीनको बौद्ध धर्म संघबाट चीनको बौद्ध धर्मको इतिहासमा टड्कारो उपलब्धि हासिल गरिएको विचार व्यक्त गर्नुभएको छ। साथै उहाँले केही स्थानीय सरकारले बौद्ध धर्मको नाउँमा पैसा जुटाएको साथै बौद्ध धर्मका प्रसिद्ध पहाडहरु तथा मन्दिरहरुको दुरुपयोग गरेर व्यापारिक विकास गरेको आलोचना पनि गर्नुभएको छ। बौद्ध धर्मको बैधानिक हक अधिकारको संरक्षण गर्ने कानून तथा नियमहरुलाई अझ सुधार गर्नुपर्ने आग्रह पनि स्थविर छुआन यीनले गर्नुभएको छ। अब सुनौं, यस सम्बन्धि विस्तृत विवरणः

        बौद्ध धर्म प्राचीन भारतबाट चीनमा फैलिएको इतिहास दुई हजार वर्ष भैसकेको छ र यस क्रममा चिनियाँ संस्कृतिसँग मिसिएर क्रमशः चीनको परम्परागत संस्कृतिको एक महत्वपूर्ण भाग बनेको देखिन्छ। शास्त्र, साहित्य आदि क्षेत्रमा पनि प्रशस्त उपलब्धि प्राप्त गरिएको छ र गहिरो सांस्कृतिक सम्पदा बनिसकेको छ। सन् 1953मा चीनको बौद्ध धर्म संघ पैचिङमा औपचारिक रुपमा स्थापित भएर चीनको बौद्ध धर्मको इतिहासमा टड्कारो उपलब्धि हासिल गरिएको हो। बौद्ध धर्म संघ स्थापना भएपछिको साट्ठी वर्षमा निर्वाह गरेको भूमिकाबारे चर्चा गर्दै चीनका उप प्रधान मन्त्री लीउ यानतुङले भन्नुभएको छः

       " चीन बौद्ध धर्म संघले चीनभरि रहेका बौद्ध धर्मावलम्बीहरुलाई एकताबद्ध गरेर देशप्रेम र धर्मप्रतिको लगावलाई फैलाउंदै आएको छ। साथै यस संघले समाज सेवा भन्ने राम्रो गुणको निरन्तरता दिँदै समाजवादी समाजसँग अनुकूल बाटोमा अडिगताका साथ हिंड्दै आएको छ। चिनियाँ कम्युनिष्ट पार्टी तथा चीन सरकारको धार्मिक नीतिको कार्यान्वयनमा सक्रिय सहयोग दिँदै बौद्ध धर्म संघले बौद्ध धर्म क्षेत्रको बैधानिक हक-अधिकारको संरक्षण गरिरहेको छ। चिनियाँ राष्ट्रको परम्परागत संस्कृतिसँगको मिलनमा यस संघले बौद्ध धर्मको सकारात्मक कारक तत्व फैलाएर सार्वजनिक हित-कल्याणमा ठूलो योगदान गरिरहेको छ। बैदेशिक आदानप्रदानको प्रवर्द्धन गर्ने यस संघले जातिय एकताको संरक्षण गरेर देशको एकीकरणलाई सबल पारेको छ। यस संघले सम्पन्न समाज तथा सामाजिक मेलमिलापयुक्त समाजको निर्माण र विश्व शान्तिको लागि सकारात्मक योगदान गरिरहेको छ।"

        चीन इस्लामिक संघ र चीन बौद्ध धर्म संघ एकै वर्षमा स्थापित भएको हो। बितेका साट्ठी वर्षको विकास क्रममा यी दुईटा संघ बीच गहिरो मित्रता बसेको छ। यसबारे चर्चा गर्दै चीन इस्लामिक संघका अध्यक्ष छङ क्वाङ युआनले भन्नुभएको छः

     'बौद्ध धर्म संघ र इस्लामिक संघ दुवै संगठन सन् 1953मा स्थापना भएका हुन् र बितेका साट्ठी वर्षमा यी दुईटा संघ बीच राम्रो सम्बन्ध कायम रहँदै आएको छ। एकले अर्कासँग सिकेर आपसी गहिरो मित्रता बसालेको छ। यस्तो मित्रताबाट चीनको धार्मिक क्षेत्रमा मेलमिलापयुक्त परिस्थितिलाई प्रतिविम्वित गरिएको साथै विभिन्न जाति बीचको एकतालाई पनि देखाइएको छ।'

         बितेका साट्ठी वर्षमा चीनमा बौद्ध धर्म सम्बन्धि काममा हासिल गरिएको उपलब्धिको सम्झना गर्दै बौद्ध धर्म सँघका अध्यक्ष स्थविर छुआन यीनले औंल्याउनुभयोः केही समस्या र चुनौती विद्यमान नै छ। यसबारे विस्तृत रुपमा भन्दै स्थविर छुआन यीनले भन्नुभएको छः

       'केही क्षेत्रमा बौद्ध धर्मको नाउँमा पैसा जुटाइन्छ र बौद्ध धर्मका प्रसिद्ध पहाडहरु तथा मन्दिरहरुको दुरुपयोग गरेर व्यापारिक विकास गरिएको देखिन्छ। कोही नक्कली भिक्षुहरुले मानिसलाई ठगेर बौद्ध धर्मको नामलाई बङग्याएका छन्। यी सबै कार्वाहिबाट बौध धर्मावलम्बीहरुको धार्मिक भावनामाथि चोट पुर्‌याइएको छ र परम्परागत संस्कृतिको विश्वास आधारलाई हल्लाइएको छ। कानूनी समाजमा बौद्ध धर्मको स्थलहरु तथा संगठनहरुको कानूनी स्थानलाई अझ उकासिनुपर्छ। बौद्ध धर्मको बैधानिक हक-अधिकारको संरक्षण गर्ने ऐन कानून र नियमलाई पनि अझ सुधार गरिनुपर्छ।'

          प्राप्त जानकारी अनुसार, चीन बौद्ध धर्म संघले भविष्यमा बौद्ध धर्म क्षेत्रको बैधानिक हक-अधिकारको संरक्षण, बौद्ध धर्मको शैक्षिक कार्यको विकास, बौद्ध धर्मको विचारको प्रचार-प्रसार र बैदेशिक आदानप्रदानको विकास लगायतका क्षेत्रमा ध्यान दिएर बौद्ध धर्मलाई अघि बढाउँदै जाने छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह