फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको नयाँ सरकारको मध्य एशियाप्रतिको कूटनैतिक नीति

(GMT+08:00) 2013-08-27 18:33:51

           अगष्ट सत्ताइस तारिखका दिन चीनका राष्ट्राध्यक्ष सिले गर्नुहुने चारवटा मध्य एशियाली मुलुकको भ्रमण र बीस मुलुक समूहका नेतागणको आठौं शिखर सम्मेलन तथा उहाँले भाग लिनुहुने शाङ्गहाइ सहयोग संगठनका राष्ट्रनायक परिषदको तेह्रौं सम्मेलनबारे जानकारी दिइएको छ। चीनको परराष्ट्र मन्त्रालयद्बारा आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिइएको हो। अब सुनौं, उक्त पत्रकार सम्मेलन सम्बन्धि विस्तृत विवरणः

         सेप्टेम्बर तीन तारिख चीनका राष्ट्राध्यक्ष सि चिनफिङले चार वटा मध्य एशियाली मुलुकको भ्रमण गर्नुहुने भएको छ। अध्यक्ष सिको मध्य एशियाली मुलुकको यो पहिलो भ्रमण हो। भ्रमणताका अध्यक्ष सिले चीन तथा मध्य एशियाली मुलुक बीचको सहयोगको प्रवर्द्धन सम्बन्धि नयाँ प्रस्ताव प्रस्तुत गर्नुहुने छ। साथै अध्यक्ष सिले मध्य एशियाप्रति चीनको नयाँ सरकारको कूटनैतिक नीतिबारे पनि प्रणालीबद्ध रुपमा ब्याख्या गर्नुहुने छ। यसबारे जानकारी दिँदै चीनका उप परराष्ट्र मन्त्री छङ कोफिङले भन्नुभएको छः

      'अध्यक्ष सिले पहिलो पटक मध्य एशियाली मुलुकका नेतागणसँग प्रत्यक्ष सम्पर्क गर्नुहुने छ। यस्तो सम्पर्क मुलुक-मुलुक बीचको सम्बन्धलाई अघि बढाउनको लागि निकै अर्थपूर्ण छ। अध्यक्ष सिले मध्य एशियाली मुलुक भ्रमण गर्नुका साथै शाङ्गहाई सहयोग संगठनको शिखर सम्मेलनको अवधिमा ताजकिस्तानी राष्ट्रपतिसँग पनि भेटवार्ता गर्नुहुने छ। भेटमा दुई पक्षले पेट्रोल, प्राकृतिक ग्याँस, यातायात, दूर-सञ्चार, लगानी लगायत श्रृंखलाबद्ध सहयोगात्मक दस्तावेजमा हस्ताक्षर गर्ने योजना पनि छ। यसका अतिरिक्त, अध्यक्ष सिले कजाकिस्तानको नाजार्बायभ विश्वविद्यालयमा महत्वपूर्ण सम्बोधन पनि गर्नुहुने छ। भाषणमा उहाँले मध्य एशियाली क्षेत्रप्रति चीनको कूटनैतिक नीति पनि सार्वजनिक गर्नुहुने छ।'

        भ्रमणताका अध्यक्ष सिले सेप्टेम्बर तेह्र तारिखका दिन किर्गिजस्तानको बिश्केकमा आयोजना हुने शाङ्गहाइ सहयोग संगठन सदस्य मुलुकका राष्ट्रनायक परिषद सम्मेलनको तेह्रौं बैठकमा पनि भाग लिनुहुने छ। यस पटकको बैठकमा सदस्य मुलुक बीचको छिमेकी मैत्रीपूर्ण सहयोग सम्बन्धलाई प्रगाढ पार्ने विषयबारे छलफल गरिने छ।

        रुसी राष्ट्रपति भ्लादमिर पुटिनको निमन्त्रणामा अध्यक्ष सि सेप्टेम्बर पाँचदेखि छसम्म सेन्ट पिटर्सवर्गमा आयोजना हुने बीस मुलुक समूह नेतागणको आठौं शिखर सम्मेलनमा पनि सहभागी हुनुहुने छ। वर्तमान विश्वको अर्थतन्त्र मन्द भएको पृष्ठभूमिमा विश्वको अर्थतन्त्रको व्यवस्थापन गर्ने महत्वपूर्ण अवस्था बीस मुलुक समूहको शिखर सम्मेलन ध्याकर्षण बनेको देखिन्छ। 'आर्थिक बृद्धि तथा रोजगारी' भन्ने यस पटकको बीस मुलुक समूह शिखर सम्मेलनको मुख्य विषयसूची हो। सत्ताइस तारिखका दिन आयोजित पत्रकार सम्मेलनमा चीनका उप परराष्ट्र मन्त्री ली पाउ तुङले शिखर सम्मेलनप्रति चीनको अपेक्षाबारे जानकारी दिँदै भन्नुभएको छः

       'अन्तर्राष्ट्रिय मुद्रा कोषबाट कोटा सुधार गरिने निर्णयलाई चाँडै व्यवहारमा उतार्नु निकै महत्वपूर्ण कुरा हो। अन्तर्राष्ट्रिय मौद्रिक संस्थामा उदीयमान बजार तथा विकासोन्मुख मुलुकको प्रतिनिधित्व तथा बोल्ने अधिकारलाई उकास्नु, मौद्रिक निगरानीको प्रवर्द्धनबाट मौद्रिक प्रणालीलाई अझ भरपर्दो, सेवारत बनाउनु साथै वस्तुगत अर्थतन्त्रको विकासको प्रवर्द्धन गरी स्थिर तथा खतरा प्रतिरोधी अन्तर्राष्ट्रिय मुद्रागत प्रणालिको निर्माण गरिनु रहेको छ।'

        अन्तर्राष्ट्रिय मुद्रागत प्रणालीको सुधारको आशासँगै चीनले यस पटकको बीस मुलुक समूह शिखर सम्मेलनमा समष्टिगत आर्थिक नीतिको सामन्जस्यता तथा सहयोगलाई मजबूत पार्ने अपेक्षा पनि गरेको छ। यसले गर्दा अझ स्वतन्त्र, खुलस्त, न्यायोचित, निष्पक्ष अन्तर्राष्ट्रिय व्यापारिक वातावरणको सिर्जना गरिने विश्वास गरिएको छ।

         आर्थिक विषयसूचीबाहेक, बीस मुलुक समूह शिखर सम्मेलनको अवधिमा अध्यक्ष सिले कुन मुलुकका नेतासँग भेट गर्नुहुने भन्ने विषय पनि यस पटकको शिखर सम्मेलनको अर्को आकर्षणको विषय बनेको छ। हालै जापानले उभिएर वार्ता गर्ने विचार प्रस्तुत गरेको छ। यसबारे चर्चा गर्दै चीनका उप परराष्ट्र मन्त्री ली पाउ तुङले भन्नुभएको छः

        'इतिहास तथा तथ्यको बाबजुद जापानले ताइयु टापू समस्या सम्बन्धि वस्तुगत वार्ता गर्ने इच्छा लिएको छैन। साथै जापानले उत्तेजित कार्वाही पनि बारम्बार गर्ने गर्दछ। यस्तो अवस्थामा हामीले जापानका नेतासँग भेट गर्न कसरी मिलाउने? नेताहरु बीचको भेट वार्ता हात मिलाउनु, फोटो खिच्नु मात्र होइन वास्तविक समस्याको समाधान गर्नुपर्छ। जापानले समस्या समाधान गर्ने भेटको इच्छाको सट्टामा व्यावहारिक कदम चाल्नुपर्छ।'

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह