फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको शहरीकरण निर्णायक चरणमा

(GMT+08:00) 2013-08-28 17:12:28

        संयुक्त राष्ट्र संघीय विकास तथा योजना कार्यक्रम र चिनियाँ सामाजिक बिज्ञान प्रतिष्ठान अन्तर्गत शहरी विकास तथा वातावरणिय अनुसन्धान केन्द्रले संयुक्त रुपमा तयार गरेको ' चीनको मानव जातिय विकास प्रतिवेदन 2013' सत्ताइस तारिखका दिन पैचिङमा प्रकाशित गरिएको छ। चीनको शहरीकरण प्रक्रिया निर्णायक चरणमा प्रवेश हुने कुरा उक्त प्रतिवेदनमा औंल्याइएको छ। यस प्रक्रियाबाट ल्याइने दबावलाई कम पार्न चीनले दिगो र बस्नलायक शहरको विकास बाटोमा हिंड्नुपर्ने जनाइएको छ। अब सुनौं, हाम्रो रेडियोका सम्बाददाताले पठाएको सम्बन्धित विस्तृत विवरणः

        सन् 1978-2012सम्म चीनको शहरीकरण दर 17.9 देखि 52.6सम्म उकासिएको छ र यस प्रक्रियाको विकास गति र विस्तारित परिधि मानव जातिको इतिहासमा देखिएको छैन। सन् 2030सम्म चीनको शहरीकरण दर 70 प्रतिशतसम्म पुग्ने अनुमान ' चीनको मानव जातिय विकास प्रतिवेदन 2013'मा उल्लेख गरिएको छ। यसको अर्थ करिब एक अरब चिनियाँहरु शहरमा बसोबास गर्ने हो। शहरीकरण नै चीनको आधुनिक निर्माण भन्ने ऐतिहासिक कार्यभार हो र भित्री माँगलाई विस्तार पार्ने यो सबभन्दा ठूलो निहित शक्ति पनि हो। चीनमा सुधार तथा खुलापन लागू यता, शहरीकरणको बिस्तार प्रक्रिया नियन्त्रित छैन। यसै कारणले शहरीकरण प्रक्रियामा देखा परेका असामाञ्जस्य, दिगो विकाससँग विपरित समस्याहरुबाट चीनको पर्यावरणिय निर्माण प्रक्रियामा ठूलो बाधा पुर्‍याइएको छ। यसबारे चर्चा गर्दै संयुक्त राष्ट्र संघका उपमहासचिव एवम् विकास तथा योजना कार्यक्रमका जिम्मेवार व्यक्ति हेलेन क्लाकले चीनको शहरीकरण प्रक्रिया निर्णायक चरणमा पुगिसकेको औंल्याउनुभयो। उहाँले यसरी भन्नुभएको छः

    'सम्बन्धित श्रृंखलाबद्ध विषयमा चीनको सामु देखा परेको दबाव दिनप्रतिदिन बढ्दै आएका छन्। जस्तै भनौं, उर्जा तथा प्राकृतिक श्रोतको प्रयोग कार्यकुशलताको बढावा, शहरी व्यवस्था प्रणालीको सुधार, रोजगारी, यातायात, बसोबास,सुरक्षा, बृद्धहरुको संख्या बढीरहेको स्थिति, आर्थिक बनौटको परिवर्तन र हावा तथा पानीको प्रदूषण। चीनले शहरीकरण निर्माणलाई कसरी पूरा गर्ने भन्ने कुरा माथि उल्लेखित समस्याहरुको अन्तिम समाधानमा भर पर्दछ।'

         प्रतिवेदनमा ‌औंल्याइएको छ कि वर्तमान अवस्थामा चीनको शहरीकरण प्रणालीमा अनुचित समस्याहरु दिनप्रतिदिन स्पष्ट र चर्को बन्दै आएको छ। एकातिर शहरीकरण प्रक्रियामा गुणस्तरको सट्टामा गतिमा महत्व दिइएको छ भने अर्कातिर शहरीकरण प्रक्रियाको लागि श्रोत तथा वातावरणको ठूलो परिमाणमा क्षति भएको छ। यस्तो परिस्थितिमा सुधार ल्याउन चीनको शहरीकरण विकासको परम्परागत तरिकामा परिवर्तन गर्नुपर्छ। यसबारे विस्तृत ब्याख्या गर्दै चीन राष्ट्रिय विकास तथा सुधार समितिका उप प्रमुख स्ये चनह्वाले भन्नुभएको छः

       'सर्वसाधारणहरुमाझ वातावरणिय संरक्षण बोध बढ्दै आएको छ। श्रोत तथा वातावरणबाट शहरीकरण प्रक्रियालाई सिमित पारेको अवस्था पनि बढिरहेको देखिन्छ। श्रोतको जथाभावी उपभोगको आधारमा पर्यावरणिय वातावरणलाई त्याग गरिनुबाट शहरीकरण प्रक्रियालाई छिटो पार्ने भन्ने पुरानो तरिका पनि परिवर्तन गर्नुपर्छ। नयाँ तथा पुरानो शहरका बासिन्दाहरुको लागि प्रदान गरिएका सार्वजनिक सेवाहरु बीचको अन्तरबाट पारिने सामाजिक अन्तर्विरोध पनि चर्को हुँदै आएको छ। चीनको शहरीकरण विकास गतिको बृद्धिलाई गुणस्तरिय बृद्धिमा परिणत गर्ने आवश्यकता पनि देखा परेको छ।'

        भविष्यमा चीनमा नयाँ ढाँचे शहरीकरण निर्माण गर्दा पर्यावरणिय सभ्य विचार तथा सिद्धान्तको आधारमा गर्नुपर्छ।

         चीनको शहरीकरण प्रक्रियामा दिगो विकास तरिकालाई महत्व दिनुपर्छ किनभने दिगो विकासबाट मानवजातिमा आफ्नो छनौटको क्षमता तथा मौका पाउनुका साथै सन्तानहरुको हित-कल्याणका लागि योगदान गर्न सकिन्छ। यसबारे चर्चा गर्दै चीन सामाजिक बिज्ञान प्रतिष्ठान अन्तर्गत शहरी विकास तथा वातावरण अनुसन्धान केन्द्रका प्रमुख फान च्याह्वाले भन्नुभएको छः

        'शहरको व्यवस्था गर्दा हाम्रो सरकार, व्यवसायहरु तथा नागरिकहरुले शहरी योजना, व्यवस्थापन, उत्पादन तथा उपभोग्य कार्वाही लगायतका विविध क्षेत्रमा प्रयास गर्नुपर्छ। जसबाट शहरी विकासको निरन्तरता दिन सकिनेछ। दिगो विकास तथा वातावरणबाट ल्याइने चुनौतीको नकारात्मक प्रभाव आर्थिक तथा सामाजिक क्षेत्रका विविध विकाससम्म फैलिने सम्भावना रहेको छ।'

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह