फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सिरियाको परिस्थिति तनावपूर्ण

(GMT+08:00) 2013-08-30 16:55:58

         बितेका केही दिनयता, पश्चिमी मुलुकहरुले सिरियामा सैन्य आक्रमण गर्ने आवाज ठूलो बनाउँदै आएकोले सिरिया संकटमा सैन्य हस्ताक्षेप हुने सम्भावना बढ्दै आएको देखिन्छ। साथै युद्ध विरोधी अन्तर्राष्ट्रिय शक्तिहरुले राजनैतिक तवरले सिरिया संकटको समाधान गर्ने विषयमा पनि छलफल गरिरहेका छन।

        अमेरिकी यु.एस.एस. स्टोट क्षेप्यास्त्रसहित विनाशक युद्धपोत उनान्तीस तारिखमै सिरिया वरिपरिको समुद्री क्षेत्र पुग्ने अमेरिकी संचारमाध्यमले बताइएका छन्। जसबाट सोही समुद्री क्षेत्रमा रहने अमेरिकी युद्धपोतको संख्या पाँच पुग्नेछ र ती सबै युद्धपोतसँग क्षेप्यास्त्र प्रक्षेपण गर्ने क्षमता छ। प्राप्त जानकारी अनुसार, अमेरिकी राष्ट्रपति बराक ओबामाले सिरियाका निश्तित लक्ष्यलाई प्रहार गर्न आदेश दिने सम्भावना रहेको छ। अमेरिकी तल्लो सदनका 1 सय 40 जना सांसदले उनान्तीस तारिखका दिन हस्ताक्षर गरिएको चिट्ठी राष्ट्रपति ओबामालाई पठाइ सिरियामा सैनिक आक्रमण गर्नुअघि नै संसदबाट अनुमोदन गराउनुपर्ने आग्रह गरेका छन्।

         उनान्तीस तारिखका दिन टर्कीका राष्ट्रपति तथा प्रधान मन्त्रीले बेग्ला बेग्लै उच्चस्तरिय सुरक्षा सम्मेलनको आयोजना गरी सिरियाप्रति सैनिक कार्वाहीको तयारी तथा अमेरिकी लगायतका पश्चिमी मुलुकले गर्ने सैनिक आक्रमणमा टर्कीको भूमिकाबारे बहस गरेका छन्।

         उनान्तीस तारिखका दिन बेलायती संसदमा अमेरिकाले सिरियामा आक्रमण गरेमा बेलायतले भाग लिने कि भन्ने विषयबारे छलफल भएको छ। बेलायती रक्षा मन्त्रालयका प्रवक्ताले बेलायतको हितको संरक्षण गर्ने रक्षात्मक कदम चाल्न बेलायतले छ वटा लडाकू विमानलाई आक्रोटिरी अखडामा पठाउने बताउनुभयो। साथै प्रवक्ताले ती विमानहरु सिरियालाई लक्षित सैन्य कार्वाहीमा भाग नलिने औंल्याउनुभयो।

         उनान्तीस तारिखका दिन फ्रान्सेली राष्ट्रपतिले त्यहाँको भ्रमणमा रहेका सिरियाका मुख्य विपक्षीय पार्टीका नेतासँग भेट-वार्ता गर्नुभयो। फ्रान्सेली राष्ट्रपतिले राजनैतिक तरिकाले समस्याको समाधान गर्नुपर्ने विचार राख्नुभयो। तरपनि सिरियाको विपक्षीय पार्टीसँग आवश्यक सैनिक क्षमता पाएपछि मात्रै राजनैतिक समाधान गर्न सकिने कुरा पनि फ्रान्सेली राष्ट्रपतिले प्रकाश पार्नुभयो।

         पश्चिमी मुलुकको सैनिक धम्कीको सामना गर्दा उनान्तीस तारिखका दिन सिरियाका राष्ट्रपति बशार आसादले सिरियाले आफ्नो सुरक्षाको संरक्षण गर्न जुसुकै किसिमको अतिक्रमणको पनि विरोध गर्ने दाबी गर्नुभयो।

          यसबैबीच अन्तर्राष्ट्रिय समाजले जरुरी बैठकको आयोजना गरी राजनैतिक तवरले सिरिया संकटको समाधान गर्न खोजिरहेको छ। उनान्तीस तारिख दिउँसो संयुक्त राष्ट्र संघीय सुरक्षा परिषदका पाँच वटा स्थायी सदस्य मुलुकका प्रतिनिधिहरुले सिरिया परिस्थिति सम्बन्धि दोस्रो जरुरी बैठकको आयोजना गरेतापनि मतैक्य हासिल भएन।

         संयुक्त राष्ट्र संघका सहायक महासचिवका प्रवक्ता फार्हान हाकले उनान्तीस तारिखमा बोल्दै राष्ट्र संघको सिरिया रासायनिक हतियार समस्या जाँच टोली एक्कतीस तारिखका दिन सिरियाबाट हट्ने जनाउनुभयो। यस टोलीले महासचिव बान किमुनलाई चाँडै नै जाँचको नतिजा सम्बन्धि प्रतिवेदन पेश गर्ने छ। यस कार्यको कारणले महासचिव बान किमुनले आफ्नो अस्ट्रिया भ्रमणलाई छोटो पार्नुभएको हो।

          उनान्तीस तारिखका दिन चीनका विदेश मन्त्री वाङ यीले सिरिया परिस्थितिबारेमा सम्बद्ध पक्षहरुसँग टेलिफोन वार्ता गर्नुभयो। वार्तामा विदेश मन्त्री वाङले युद्ध तथा शान्ति सम्बन्धमा विभिन्न पक्षले संयम अपनाउनुपर्ने पुर्नपुष्टि गर्नुभयो। साथै उहाँले एकपक्षीय कार्वाहीले वर्तमान समस्याको समाधान गर्न गाह्रो भएको र राजनैतिक समाधान नै सिरिया समस्याको समाधान गर्ने एउटै मात्र व्यवहारिक उपाय भएको औँल्याउनुभयो।

           प्राप्त जानकारी अनुसार, उनान्तीस तारिखका दिन रुसी राष्ट्रपति भ्लादिमिर पुटिन तथा जर्मन चान्सलर आन्गेला मर्केल बीच टेलिफोन वार्ता भएको छ। वार्तमा उहाँहरुले दिनप्रतिदिन तनावपूर्ण बन्दै गएको सिरिया परिस्थितिबारे बैचारिक आदान प्रदान गर्नुभयो। रुस तथा जर्मनीले संयुक्त राष्ट्र संघ तथा अन्य प्रारुपमै राजनैतिक उपायमार्फत सिरिया संकटको समाधानलाई अघि बढाउँदै जाने सहमति जनाउनुभयो।

           प्राप्त अर्को समाचार अनुसार, रुसी नौ सेनाले युद्धपोत समूहलाई मध्यपूर्व समुद्री क्षेत्रमा पठाउने छ। यो रुसले सिरिया परिस्थिति परिवर्तित भएपछि दिएको प्रतिक्रिया मानिन्छ। तर रुसी नौ सेनाका कमाण्डरले यो सिरियासँग सम्बन्ध नभएको बताउनुभयो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह