फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङद्बारा ल्याउ निङ्ग प्रान्तका पूराना उद्योगको निरीक्षण

(GMT+08:00) 2013-09-02 18:50:07



                 ल्याउ निङ्ग नयाँ चीनको उद्योगको कोक्रो हो। दश वर्ष लामो उत्तर-पूर्वी क्षेत्रको पुनरुत्थानको रणनीति पार गर्ने यस भूमिले चीनको अर्थतन्त्रको बृद्धिको महत्वपूर्ण क्षेत्रको भूमिका निर्वाह गरेको छ। गत अगष्ट 28देखि 31 तारिखसम्म चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका महासचिव एवम राष्ट्राध्यक्ष सी चिन फिङले ल्याउ निङ्ग प्रान्तको ता ल्यान,शन याङ्ग आदि शहरको भ्रमण गर्दै तत्स्थानका उच्च तथा नयाँ प्रविधियुक्त औद्योगिक उद्यान,साधन उत्पादन उद्योगको पूरानो केन्द्र आदि क्षेत्रको निरीक्षण गर्नुभयो। यी क्षेत्रको भ्रमणको अवसरमा राष्ट्राध्यक्ष सीले नवीकरण प्रवर्द्धन शक्तिको विकास गर्ने राणनीतिलाई गहन रुपमा व्यवहारमा उतार्नु,उद्योगको केन्द्रीय प्रतिस्पर्धा शक्तिलाई सबल पार्नु,सूचनाकरण र उद्योगिकरणबीचको मिलन विन्दुलाई प्रवर्द्धन गर्नुपर्ने बताउनुभयो।

                  शन याङ्ग शहरदेखि पश्चिमपट्टि लगभग बीस किलोमिटर टाढा चीनको साधन उत्पादन उद्योग जम्मा गर्ने पुरानो उद्योग उद्यान थे सि उद्यान पर्दछ। यस थे सि उद्यानमा शन याङ्ग कु फङ्ग चिन समूह कम्पनी,शन याङ्ग चि छ्वाङ्ग समूह कम्पनी जस्तै विश्वका प्रभावशाली र प्रतिस्पर्धात्मक शक्ति बोकेका मुख्य उद्योग पर्दछन्।

                   याङ्ग चि छ्वाङ्ग समूह कम्पनीको निरीक्षण गर्दा कम्पनीका युवायुवतीबाट गठित अनुसन्धान तथा विकास टोलिद्बारा उत्पादन गरिएको स्मार्ट कम्प्युटर संख्यात्मक नियन्त्रित प्रणालीको गुणस्तर र क्षमता विश्वमा उत्कृष्ट स्थानमा रहेकोबारे राष्ट्राध्यक्ष सीले जानकरी लिनुभयो र यसरी भन्नुभयो: खाद्यपदार्थ जस्तै प्रविधिले पनि आफ्नो शक्तिको विकास गर्नुपर्छ। वास्ताविक अर्थतन्त्र राष्ट्रको आधारभूत मूल्य हो। उत्पादन उद्योग विशेष गरी उत्कृष्ट उत्पादन उद्योगको विकास गर्नका लागि प्रविधिको नविकरणलाई सबल पार्दै सूचनाकरण र औद्योगिकीकरणबीचको मिलनविन्दुलाई तीब्र गतिले विकास गर्नुपर्छ।

                 गत शताब्दीको असी दशकमा राष्ट्राध्यक्ष सीले थे सि उद्यानको निरीक्षण गर्नुहुँदा परम्परागत आर्थिक प्रणालीबाट आएका समस्या दिन प्रतिदिन स्पष्ट थिए भने विकास अस्थायी रुपमा बन्द भएका देखिन्थे। यस्तो पृष्ठभूमिमा सन् 2003 मा चीनले उत्तर पूर्वी क्षेत्रको पुनरुत्थान गर्ने रणनीति लागू गर्न थालेको थियो। आजकाल उत्तर पूर्वी क्षेत्रको पुनरुत्थान दोस्रो दश वर्षिय चरणमा प्रवेश गरेको छ।

              हाल यस पुरानो उद्योगमा भएको विशाल परिवर्तन हेरेपछि राष्ट्राध्यक्ष सीले राम्ररी अनुभव निचोड गर्दै उत्तर पूर्वी क्षेत्रको पुरानो उद्योग केन्द्रलाई अघि बढाउँदै र विकास प्रवर्द्धन गर्दै जानुपर्ने बताउनुभयो। मैले उत्तर पूर्वी क्षेत्रको पुरानो औद्योगिक केन्द्रमाथि निकै जोड दिँदै आएको छु। सन्1986 मा मैले यस थे सि उद्यानको भ्रमण गरेको थिएँ। यस क्षेत्रले समस्या र अभावको चरम मार खेपेको थियो। तापनि हाल यस उद्यानले राष्ट्रको जिम्मेवारलाई काँधमा राखेर धेरै प्रगति हासिल गरेको कुराप्रति मलाई निकै खुशी लाग्यो।

                यस वर्षको जुलाईको अन्तमा केन्द्रीय समितिको रणनैतिक व्युरोको बैठकले बित्तले वास्तविक अर्थतन्त्रमा समर्थन गर्ने शक्तिलाई विस्तार गर्दै परम्परागत उद्योगको शैलीको परिवर्तनलाई प्रवर्द्धन गरी सूचनाकरण उद्योगको विकासलाई तीब्र गतिले विकास गर्नुपर्ने कुरा बताएको छ। ल्याउ निङ्ग यस बैठक आयोजित भएपछि राष्ट्राध्यक्ष सीले निरीक्षण गर्नुभएको यो पहिलो प्रान्त हो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह