फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

राष्ट्राध्यक्ष सी चिन फिङ्गद्बारा मध्य-एशियाका चार मुलुकको भ्रमण गरिने

(GMT+08:00) 2013-09-02 19:44:15

     चीनका राष्ट्राध्यक्ष सी चिन फिङ्गले सेप्टेम्बर तीनदेखि तेह्र तारिखसम्म तुर्कमनिस्तान, कजाकस्तान, उज्वेकिस्तान र किर्गिजस्तान गरी चारवटा मध्य एशियाली मुलुकको राजकीय भ्रमण गर्नुहुनेछ। साथै उहाँ रुसी सेन्ट पिटर्सवर्गमा आयोजित बीस मुलुक समूहका नेताहरूको आठौं शिखर सम्मेलन तथा किर्गिजस्तानको बिशकेकमा आयोजना हुने शाङ्गहाई सहयोग संगठनका सदस्य मुलुकका राष्ट्रानायक समितिको तेह्रौं सम्मेलनमा सहभागी हुनुहुने कार्यक्रम रहेको छ।

     भ्रमण अवधिमा राष्ट्राध्यक्ष सीले विभिन्न मुलुकका राष्ट्रनायकहरूसँग औपचारिक वार्ता गर्नुबाहेक कजाकस्तानमा भाषण दिनुहुने कार्यक्रम रहेको छ। आफ्नो भाषणमा उहाँले मध्य-एशियासम्बन्धी चीनको नयाँ सरकारको कूटनीतिक नीतिबारे प्रकाश पार्नुहुनेछ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह