फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तेस्रो चीन-एशिया यूरोप मेला सुरु

(GMT+08:00) 2013-09-03 17:02:42

            यसै सेप्टेम्बर दुई तारिखदेखि तेस्रो चीन एशिया युरोप मेला सिन्च्याङ्ग युगुर स्वायत्त प्रदेशको सदरमुकाम उरुमुछीमा औपचारिक रुपमा सुरु भएको छ। चीनका उप राष्ट्राध्यक्ष ली युआन छाउले यस मेलाको उद्घाटन समारोहमा भाग लिँदै एशिया युरोप क्षेत्र चीनको विदेशी व्यापार र लगानीको नयाँ बृद्धि विन्दू भएको कुरा बताउनुभएको छ। उहाँका अनुसार आउने पाँच वर्षमा चीनले एशिया युरोपबाट लगभग असी खर्ब अमेरिकी डलर बराबर रकमको मालसामान आयात गर्ने छ भने एशिया र युरोपका लागि प्रत्यक्ष लगानी चार खर्ब पचास अर्ब अमेरिकी डलर हुने भएको छ। जसबाट चीन र एशियाली तथा युरोपेली मुलुकबीचको पारस्परिक हित र सहयोगमा नयाँ अवसरको सिर्जना गरिनेछ।

              सन्2011 मा एशिया र युरोपबीच मित्रता र सहयोगको एक नयाँ पुलको रुपमा पहिलो चीन-एशिया युरोप मेला उरुमुछिमा आयोजना भएको थियो। यसप्रति चीनका उपराष्ट्राध्यक्ष लीले तेस्रो चीन-एशिया यूरोप मेलाको उद्घाटन समारोहालाई सम्बोधन गर्दै एशिया र युरोपबीचमा भूगोल जोड्ने, व्यापार आदानप्रदान गर्ने आदि विशेषता रहेको बताउँदै खुला सहयोगलाई विस्तार गर्नु नै एशिया र युरोपको विकसित समृद्धिको अविच्छिन्न भाग भएको बताउनुभयो। उहाँले यसरी भन्नुभयो: एशियाली र युरोपेली मुलुकले पारस्परिक विश्वास,साझा फाइदा, सहयोग आदान प्रदानका नयाँ संभावित अवधारणा लिनसक्ने छन्। राष्ट्रको केन्द्रीय हितसित सम्बन्धित समस्यामा आपसमा समर्थन दिनु, महत्वपूर्ण क्षेत्रीय समस्यामा आपसी सहयोगलाई सबल पार्नु, बजारलाई अझ खुला पार्नुपर्दछ। जसबाट व्यापार तथा लगानीको स्वतन्त्रतालाई प्रवर्द्धन गर्नुका साथै मालसामान, सेवा, पूँजीको सम्पूर्ण आदानप्रदानका लागि पूर्वाधार सिर्जना गर्नुपर्दछ।

            उहाँका अनुसार एशिया युरोप क्षेत्रका मुलुकले जनसंख्या, ऊर्जास्रोत, बजार, प्रविधिका संचिति श्रेष्ठतालाई विकसित श्रेष्ठता बनाउनेमा चौतर्फी रुपमा खुला सहयोगलाई विस्तार गर्नुपर्छ। चीनले एशिया युरोपका मुलुकसँग घनिष्ट सम्पर्क राखी प्रभावकारी र वास्तविक सहयोगको विकास गर्ने भएको छ।

            चीन सरकारको निर्णय प्रस्ताव छ: एशियाली र युरोपेली मुलुकले एशिया युरोपबीचको नयाँ आदानप्रदान बाटोको निर्माणलाई प्रवर्द्धन गर्नसक्ने छन्। यस नयाँ आदानप्रदान बाटोलाई यातायात ढुवानी, पेट्रोल ढुवानी लाइन, सञ्चार लाइन, मालसामान व्यापारबाट गठित एकिकृत क्षेत्र बनाउन प्रयास गर्नसक्छन्।

           किर्गिजस्तान, ताजकिस्तान, मंगोलिया आदि मुलुकका राजनैतिक अतिथिले निमन्त्रणामा यस मेलाको उद्घाटन समारोहमा भाग लिँदै आ-आफ्ना मुलुकको लगानी र विकास सम्बन्धी संचिति शक्तिबारे जानकारी दिनुका साथै चीन-एशिया युरोप मेला जस्ता मञ्चमा अन्य विभिन्न मुलुकसँग अझ व्यापक सहयोग गर्ने आशा गरेको कुरा बताउनुभएको छ। ताजकिस्तानका प्रथम उप प्रधानमन्त्री डफ ला टोभले यसरी भन्नुभयो:

           चीन-एशिया युरोप मेलाबाट एशियाली र युरोपेली मुलुकबीचमा आर्थिक तथा व्यापारिक सहयोगको महत्वपूर्ण प्रणाली स्थापित भएको प्रमाणित भएको छ। विभिन्न मुलुकले यस चौतारोमा द्बिपक्षीय र बहुपक्षीय सम्बन्धलाई अझ विकास गर्नका लागि अनुभव आदानप्रदान गरेका छन्।

           यस छ दिने चीन-एशिया युरोप मेलाले चालीसभन्दा बढी मुलुक तथा क्षेत्र,छ अन्तर्राष्ट्रिय संगठन, दश ठूला अन्तर्राष्ट्रिय व्यवसायलाई आकर्षित गरेको छ। थाहा भएअनुसार यस मेलाको अवसरमा चीन-एशिया युरोप आर्थिक विकसित सहयोग मञ्च, शाङ्गहाइ सहयोग संगठनअन्तर्गत औद्योगिक व्यवसाय मञ्च, चीन-एशिया युरोप क्षेत्रीय सञ्चार आदानप्रदान तथा सहयोग, बित्तीय विकास तथा सहयोग आदि दशभन्दा बढी कार्यक्रमको आयोजना गरिनेछन्।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह