फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

दशौं चीन-आशियान मेला सुरु

(GMT+08:00) 2013-09-04 19:00:45

                दशौं चीन-आशियान मेला यसै सेप्टेम्बर तीन तारिखदेखि चीनको क्वाङ्ग सि प्रान्तस्थित नान निङ्ग शहरमा सुरु भयो। यस खेपको मेलाको अवधि पहिलेभन्दा छोटो भएतापनि चिनियाँ तथा विदेशी अतिथि र व्यापारीहरुको हार्दिक भावना निरन्तर रुपमा बढेको देखिन्छ। यस मेलामा भाग लिने अतिथि र व्यापारीले भाषाद्वारा आदानप्रदान गर्ने क्षमतालाई निकै जोड दिएका छन्। सिङ्गापुरको राष्ट्रिय विश्वविद्यालयअन्तर्गत एशियाली प्रतिस्पर्धा शक्ति अनुसन्धान व्युरोमा कार्यरत् छन छी येको विचारमा भाषाको आदानप्रदानमा जोड दिनुबाट द्बिपक्षीय व्यापारिक सम्बन्धलाई प्रवर्द्धन गर्नका लागि हितकर हुनेछ।

            यस वर्ष थाइल्यान्डका व्यापारी माइयारातले चीन-आशियान मेलामा भाग लिनुभएको तेस्रो पटक हो। सामान्य थाइल्यान्डका व्यापारीले खाद्यान्न वा हस्तकलाका बस्तुको बिक्री गर्नुभन्दा श्रीमती माइयारातमा के भिन्नता छ भने उहाँद्ये मोती तथा जुहारतको व्यापार गर्नुहुन्छ। थाहा भएअनुसार उहाँका मुख्य ग्राहक चिनियाँहरु नै हुन्। पहिले समस्त चिनियाँ सर्वसाधारणको मनमा मोतीको मूल्य एकदमै महँगो भएको विचार थियो। तापनि यस्तो विचारमा आमूल परिवर्तन आएको छ जसबाट श्रीमती माइयारातलाई ठूलो आत्मविश्वास बढाएको छ। उहाँले भन्नुभयो:  गत वर्ष मैले चीनका विभिन्न स्थलमा आफ्नो मालसामानबारे जानकारी दिने परिस्थिति त्यत्ति राम्रो थिएन। तर अहिले चिनियाँ ग्राहकको क्रय शक्तिप्रति मैले धेरै विश्वास लिएकी छु। यस वर्षको व्यापार पहिलेभन्दा राम्रो हुने पक्का छ।

            यस चरणको चीन-आशियान मेलामा भाग लिनका लागि आवेदन गर्ने व्यवसायको संख्या पचपन्न सयभन्दा बढी छ। हालसम्म आशियानका दश मुलुक र अन्य क्षेत्रका वास्तविक प्रदर्शनी सिट 1 हजार 3 सय 31 पुगेको छ। विदेशी प्रदर्शनी स्टलको संख्याले सारा प्रदर्शनी केन्द्रको 42 प्रतिशत स्थान ओगटेको छ।

               विदेशी व्यापारीको हार्दिक भावना भएतापनि उनीहरुका सामु भाषा समस्या देखापरेको छ। म्यानमारको वाणिज्य मन्त्रालयअन्तर्गत व्यापार प्रवर्द्धन व्युरोका उपप्रमुख यु आङ्ग सोइले जानकारी दिनुभएअनुसार हरेक वर्ष म्यानमारले सक्रिय रुपमा चीन-आशियान मेलामा भाग लिने गरेको छ भने यस वर्ष यस मेलामा भाग लिएको म्यानमारी कम्पनीको संख्या एक सयभन्दा बढी छ। तापनि व्यापार प्रवर्द्धन क्षेत्रका नेताको हैसियतले उहाँको सबैभन्दा ठूलो आशा भनेको भाषा समस्याको समाधान गर्नु हो। उहाँले यसरी भन्नुभयो: नान निङ्गमा पुगेपछि देखापरेको मुख्य कठिनाई भाषा बुझाइमा देखिएको बाधा नै हो। मेरो आशा छ: क्वाङ्ग सि प्रान्तका सरकारी पदाधिकारी र विभिन्न क्षेत्रका सम्बन्धी कर्मचारीले अंग्रेजी भाषा वा आशियान मुलुकका भाषा बोल्नसक्ने छन् जसबाट आदानप्रदान गर्नका लागि अझ सजिलो हुनेछ।

                 सिङ्गापुरको राष्ट्रिय विश्वविद्यालयअन्तर्गत एशियाली प्रतिस्पर्धा शक्ति अनुसन्धान व्युरोका प्रमुख छन छि येको विचारमा हाल चीन र आशियानबीचमा व्यापारिक आदानप्रदानको ठूलो निहित शक्ति रहेको छ। यी दुबै पक्षले राजनैतिक आपसी विश्वासलाई सुद्दढ पार्नसक्छन्। तीमध्ये एक निकै महत्वपूर्ण कुरा भनेको भाषाको आदानप्रदान हो। चीन र आशियान मेलाको दीर्घकालीन संयोजन स्थलको रुपमा क्वाङ्ग सि प्रान्तले यस सन्दर्भमा अझ बढी जिम्मेवारी लिनसक्ने ठहर उहाँले गर्नुभएको छ। उहाँले यसरी भन्नुभयो: राजनैतिक विश्वासको निर्माण गर्नुपर्छ। चीन-आशियान मेला जस्ता कार्यक्रमलाई बढाउँदै लैजानुपर्छ। क्वाङ्ग सि प्रान्त एक झ्याल जस्तै लाग्छ भने अंग्रेजी भाषाले विदेशीहरुसँग आदानप्रदान गर्ने चिनियाँ पदाधिकारी र राजनैतिक कर्मचारीको संख्या बढाउनुपर्छ। भाषा चीन र आशियानलाई सम्बन्ध राख्ने निकै महत्वपूर्ण माध्यम हो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह