फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका राष्ट्राध्यक्ष र तुर्कमनिस्तानका राष्ट्रपतिबीच वार्ता

(GMT+08:00) 2013-09-04 19:01:09

           चीनका राष्ट्राध्यक्ष सी चिन फिङ्गले तीन तारिख आशघाबेदमा तुर्कमनिस्तानका राष्ट्रपति गुर्बान्गाली बेर्दिमुहामेदोभसँग वार्ता गर्नुभएको छ। सो अवसरमा उहाँहरूले चीन तथा तुर्कमनिस्तान बीचको मैत्रीपूर्ण सम्बन्धलाई विकसित र गहन पार्ने, दुवै देश बीचको विभिन्न क्षेत्रमा रहेका सहयोगलाई विस्तार गर्ने र साझा चासोका अन्तर्राष्ट्रिय र क्षेत्रीय विषयबारे वैचारिक आदान-प्रदान गर्नुभएको छ।

            राष्ट्राध्यक्ष सीले तीन तारिखका दिन आशघाबेद पुगेर मध्य एशियाली मुलुकको राजकीय भ्रमण थाल्नुभएको हो। वार्ता भएपछि राष्ट्राध्यक्ष सीले बेर्दिमुहामेदोभसँग महत्वपूर्ण राजनीतिक दस्तावेजमा हस्ताक्षर गर्नुभएको छ। साथै दुवै देशका राष्ट्रनायकले अन्य सम्बन्धित दस्तावेजमा पनि हस्ताक्षर गर्नुहुने कार्यक्रम रहेको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह