फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

एक करोड जनाको रोजगार पूरा गर्ने विश्वास-चीनका उपअर्थमन्त्री

(GMT+08:00) 2013-09-05 10:58:19

            चीनका उपअर्थमन्त्री चु क्वाङ्ग याउले बीस मुलुक सम्मिलित जी ट्वान्टी शिखर सम्मेलनको अवसरमा सन् 2013मा आर्थिक वृद्धि 7.5 प्रतिशत पुर्‍याउन तथा मुद्रास्फीतिलाई नियन्त्रण गरेर 3.5प्रतिशतभन्दा कम बनाउने प्रयासमा चीन आशावादी रहेको कुरा व्यक्त गर्नुभएको छ। साथै उहाँले, चालू वर्ष चीनले रोजगार संख्या एक करोड भन्दा बढी पुर्‍याउने विश्वास पनि व्यक्त गर्नुभएको छ।

           चीन र रुसका सञ्चारमाध्यमलाई संक्षिप्त प्रतिक्रिया दिंदै उहाले यस्तो कुरा बताउनुभएको हो। विश्वको अर्थतन्त्र सामु धेरै अनिश्चित कारक तत्व र चुनौती देखापरेको अवस्थामा चीनको नीति स्पष्ट भएको बताउँदै उपअर्थमन्त्री चु क्वाङ्ग याउले सर्वप्रथम आफ्नो कार्य राम्ररी गरेर आर्थिक प्रणालीको सुधार राम्ररी गर्नु जरुरी रहेको बताउनुभयो।

           चीनको आर्थिक विकासद्बारा हासिल गरिएको उपलब्धीले चिनियाँ जनतालाई फाइदा पुर्‍याउनुका साथै विश्वलाई पनि फाइदा पुर्‍याउने उहाँले बताउनुभयो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह