फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

विश्वव्यापी संकटका सामु चीनद्वारा "आन्तरिक मामिला"को समाधानमा जोड

(GMT+08:00) 2013-09-05 11:20:13

             "बीस मुलुक समूह"का नेताहरुको आठौं शिखर सम्मेलन स्थानीय समय अनुसार सेप्टेम्बर पाँच तारिख दिउँसो रुसको सेन्ट पिटर्सवर्गमा आयोजना हुनुअघि चीनका उप अर्थ मन्त्री चु क्वाङ याउले देशविदेशका सञ्चार-माध्यमसँग आफ्नो धारणा सार्वजनिक गर्नुभएको थियो। यस शिखर सम्मेलनको आयोजना हुनुअघि आफ्नो अन्तर्वार्तामा उहाँले चीनले आफ्नो आर्थिक समस्याको राम्रोसँग समाधान गर्नु विश्व अर्थतन्त्रप्रति दिएको ठूलो योगदान भएको बताउनुभयो।

            यस पटकको शिखर सम्मेलनको मुख्य विषय "आर्थिक क्षेत्रको अभिबृद्धि र रोजगार अवसरको सिर्जना"भन्ने रहेको छ। यस शिखर सम्मेलनको आयोजना हुनुअघि चीनका उप अर्थ मन्त्री चु क्वाङ याउले देशविदेशका पत्रकारहरुलाई दिनुभएको अन्तर्वार्तामा विश्व अर्थतन्त्रका सामु धेरै अनिश्चित कारक-तत्व रहेको र यस्तो पृष्ठभूमिमा आयोजित जी ट्वान्टी सम्बद्ध नेताहरुको शिखर सम्मेलनको ठूलो अर्थ रहेको बताउनुभयो।

            उप अर्थमन्त्री चुका अनुसार, अमेरिकाले खुकुलो नीतिलाई हटाउने सम्भावना रहेको छ भने यूरोपले ऋण संकटबाट मुक्ति पाएको छैन। नवोदित मुलुकहरुका सामु पनि केही नयाँ समस्याहरु देखापरेका छन्। विश्व अर्थतन्त्रको भावी विकासमा प्रभाव पर्ने ती समस्याहरुमा चीनको अडान स्पष्ट छ। यसबारे उहाँले भन्नुभयो---चीनले सर्वप्रथम आफ्नो समस्याको समाधान गर्नुपर्नेछ।

          "हामीले सर्वप्रथम देशभित्रका कुराहरु राम्रोसँग गर्नुपर्नेछ। हामीले चीनको आर्थिक बनौटको गहिरो रुपमा सुधार गर्ने, आर्थिक बृद्धिको गुणस्तरलाई माथि उकास्ने, हाम्रो सामु देखापरेको आर्थिक चुनौतीलाई राम्रोसँग तह लगाउने र चीनको अर्थतन्त्रको दीर्घकालीन र स्वस्थ विकासको प्रत्याभूति गर्ने छौं।"

           चीनले ती चुनौतीहरुको सामना गर्नका लागि आवश्यक कदम चाल्ने, सन् 2013 चीनको अर्थतन्त्रमा 7.5प्रतिशतले बृद्धि हुन प्रत्याभूति गर्न चीन आशावादी हुने कुरा चुले बताउनुभयो।

          "मुद्रास्फीतिलाई 3.5प्रतिशतभन्दा झर्न नदिनलाई नियन्त्रण गर्ने र रोजगारप्राप्त व्यक्तिहरुको संख्या एक करोड पुग्नेमा हामी आशावादी छौं। हामीले सर्वप्रथम चिनियाँ जनतालाई लाभ पुर्‍याउने छौं साथै चीनको आर्थिक विकासबाट विश्व लाभान्वित हुनेछ।"

           उहाँकाअनुसार, चीनले जी ट्वान्टी सम्मेलनको प्रारुपलाई विकसित आर्थिक समूह र नवोदित आर्थिक समूहको विकास अडानलाई समन्वय गर्ने महत्वपूर्ण चौतारोको रुपमा राखेको छ। ब्रिक्स मुलुकहरुले नियमअनुसार शिखर सम्मेलनअघि महत्वपूर्ण राजनैतिक समस्याहरु, जी ट्वान्टी सम्मेलनमा व्यक्त अडानको समन्वय, ब्रिक्स मुलुकहरु परिपाटीको सहयोगआदि क्षेत्रहरुबारे छलफल गर्छन्। बीस मुलुक समूहको परिपाटीमा नवोदित आर्थिक समूहको बोल्ने अधिकार र प्रभावलाई बढाउनका लागि यस्तो समन्वयात्मक परिपाटी हितकर भएको छ।

            यस पटकको शिखर सम्मेलनको अवसरमा चिनियाँ प्रतिनिधि मण्डलले बीस आर्थिक समूहका नेताहरुको शिखर सम्मेलन आयोजित कूल क्षेत्रफल चार सय वर्गमिटर ठूलो प्रेस केन्द्र राखेको छ। चिनियाँ प्रतिनिधि मण्डलले यहाँ देशविदेशका सञ्चार-माध्यमलाई जी ट्वान्टीका नेताहरुको शिखर सम्मेलनमा चिनियाँ प्रतिनिधि मण्डलको सम्बन्धित सूचनाबारे जानकारी दिनुका साथै अन्तर्राष्ट्रिय समस्याहरुमा चीनको अडानबारे ब्याख्या गर्नेछन्। चीनको परराष्ट्र मन्त्रालयअन्तर्गत प्रेस विभागका उप प्रमुख ऊ फङले पत्रकारसँग कुराकानी गर्दै यस समूहका नेताहरुको शिखर सम्मेलनको आयोजक मुलुक रुसबाहेक चिनियाँ प्रतिनिधि मण्डलको प्रेस केन्द्र सबैभन्दा ठूलो प्रेस केन्द्र भएको जानकारी दिनुभयो।

          "हामीले पत्रकारहरुलाई उक्त शिखर सम्मेलनसित सम्बन्धित सूचनाहरु उपलब्ध गराउने छौं। हामीले यस प्रेस केन्द्रमार्फत चीनको आवाज, चीनको अडान र चीनको नीति सुनाउने छौं। यस चौतारोमार्फत विदेशी पत्रकारहरुलाई चीनलाई प्रचार-प्रसार गर्ने, चीनबारे जानकारी दिने आशा हामीले लिएका छौं।"

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह