फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका राष्ट्राध्यक्ष सी चिन फिङ्गद्वारा सेन्ट पिटर्सवर्गमा महत्वपूर्ण व्यक्तिहरुसँग भेट-वार्ता

(GMT+08:00) 2013-09-05 18:23:01

            रुसी सेन्ट पिटर्सवर्गमा आयोजित बीस मुलुक समूहको आठौं शिखर सम्मेलनमा सहभागी हुनुभएका चीनका राष्ट्राध्यक्ष सी चिन फिङ्गले पाँच तारिखका दिन केही अन्तर्राष्ट्रिय संगठन तथा देशका नेतासँग भेट-वार्ता गर्नुभएको छ।

           उहाँले विश्व ब्यापार संगठनका महाप्रबन्धक रोबर्ट आजेभेदोसँग भेट गरी चीनले विगतमा झैं सक्रियताका साथ बहुपक्षीय ब्यापारिक व्यवस्थाको निर्माणमा भाग लिंदैजाने कुरामा जोड दिनुभएको छ।

           रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको वार्तामा उहाँहरूले द्बिपक्षीय सम्बन्ध र महत्वपूर्ण अन्तर्राष्ट्रिय तथा क्षेत्रीय विषयबारे वैचारिक आदान-प्रदान गर्नुभएको छ।

           त्यसैगरी, राष्ट्राध्यक्ष सीले ब्राजिलका राष्ट्रपति दिल्मा रुसेफ र अल्जेन्टिनाका राष्ट्रपति क्रिस्टिना दे किर्चनेरसँग पनि भेट-वार्ता गर्नुभएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह