फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

जी बीसको आठौं शिखर सम्मेलन सुरु

(GMT+08:00) 2013-09-06 10:02:37

        जी बीसको आठौं शिखर सम्मेलन 5 तारिख दिउँसोदेखि रुसको सेंट पीटर्सबर्गमा सुरु भएको छ। जी बीसको सदस्य मुलुकका राष्ट्रनायक, संयुक्त राष्ट्र संघ, यूरोपेली संघ, विश्व बैंकलगायत अन्तर्राष्ट्रिय संगठनका नेतागणको उक्त सम्मेलनमा सहभागिता रहेको छ। सहभागि नेताहरुले आर्थिक वृद्धि तथा रोजगारको सिर्जना गर्ने विषयबारे छलफल गरेका छन्। साथै अमेरिकी राष्ट्रपति बाराक ओबामाले क्रमशः सहज तथा मात्रात्मक मौद्रिक नीति हटाउंदैजाने वचनबद्धता व्यक्त गर्नुभएको छ।

        शिखर सम्मेलनको योजनानुसार, 5 तारिखको शिखर सम्मेलनको पहिलो चरण बैठकको मुख्य विषयवस्तु समग्र अर्थतन्त्र नीति सम्बन्धित छ। विशेष गरी वर्तमान अध्यक्ष मुलुक रुसद्बारा प्रस्तुत सेंट पीटर्सबर्ग गतिविधि योजनाबारे छलफल गरिनेछ। रुसी राष्ट्रपति पूटिनले बैठकको अध्यक्षता गर्नुभएको छ। प्राप्त जानकारीअनुसार, सेंट पीटर्सबर्ग योजना आर्थिक वृद्धिलाई कायम राख्ने तथा रोजगारको सिर्जना गर्ने विषय केन्द्रित छ।

         सोहि दिन अमेरिकाले सहज तथा मात्रात्मक मौद्रिक नीतिलाई बिस्तारै हटाउंदैजाने योजनाप्रति ध्यानाकर्षित गराएको छ। यस योजनालाई व्यवहारमा उतार्ने बचनबद्धता पनि राष्ट्रपति ओबामाले व्यक्त गर्नुभएको छ। उक्त योजनाबाट आफ्ना मुलुकको पूँजी बाहिर जाने, मुद्राको भाउ घट्ने आदि खतराबारे धेरै मुलुक विशेष गरी नव उदियमान बजार मुलुकलाई चिन्तित तुल्याएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह