फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

ब्रिक्स मुलुक नेतागणबीचको अनौपचारिक वार्तामा चीनका राष्ट्राध्यक्ष सिको उपस्थिती

(GMT+08:00) 2013-09-06 10:03:27

         चीनका राष्ट्राध्यक्ष सि चिन फीङ्ग 5 तारिख रुसी सेंट पीटर्सबर्गमा ब्रिक्स मुलुक नेतागणबीचको अनौपचारिक वार्तामा उपस्थित हुनुभएको छ। सो अवसरमा उहाँले ब्राजिल, रुस, दक्षिण अफ्रिकाका राष्ट्रपति र भारतीय प्रधानमन्त्रीसँग ब्रिक्स मुलुकको सहयोग र अरु महत्वपूर्ण अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मामिलाबारे वैचारिक आदान-प्रदान गर्नुभएको छ। विविध जोखिम र चुनौतिसामु ब्रिक्स मुलुकले महत्वपूर्ण मामिलामा मतैक्य प्राप्त गरेको र साथै एकता तथा सहयोगलाई अझै सबल पार्नुपर्ने राष्ट्राध्यक्ष सिले बताउनुभएको छ।

         जी बीसको सेंट पीटर्सबर्ग शिखर सम्मेलनमा सकारात्मक उपलब्धि हासिल गराउनका लागि ब्रिक्स मुलुकले समन्वय गरी त्यस किसिमको गतिविधि चाल्नुपर्ने पनि उहाँले व्यक्त गर्नुभएको छ। वर्तमान विश्व अर्थतन्त्रसामु खतरा तथा चुनौति यथावत रहेको तथा पुनःरुत्थानको आधार कमजोर रहेको वार्तामा उपस्थित अरु नेतागणले व्यक्त गरेका छन्। जी बीसका सदस्य मुलुकलगायत मुख्य आर्थिक समूहले समग्र आर्थिक नीतिसम्बन्धी समन्वयलाई सबल पार्नुका साथै साझा रुपमा विश्व अर्थतन्त्रलाई बलियो, दिगो र संतुलित वृद्धि गर्न अगाडि बढाउनुपर्ने ब्रिक्स मुलुकका नेतागणको भनाइ रहेको छ। विकसित मुलुकले जिम्मेवारीवोध अर्थतन्त्र तथा मुद्रा नीति लागू गर्नुपर्ने र अन्तर्राष्ट्रिय बैकिंङ प्रणालीको सुधारलाई अघि बढाउनुका साथै ब्रिक्स मुलुक विकास बैंकको स्थापना छिटो गर्नुपर्ने पनि बताए। साथै सबै राष्ट्रनायकले व्यापार संरक्षणवादको विरोधलाई दोहोर्‍याएका छन्। ब्रिक्स मुलुकले वैचारिक आदान-प्रदान तथा समन्वयलाई सबल पार्नुका साथै साझा हितको संरक्षण गर्ने कुरा पनि राखेका छन्।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह