फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

खुला विश्व अर्थतन्त्रको दृढताका साथ संरक्षण र विकास गर्ने कुरामा राष्ट्राध्यक्ष सी चिन फिङद्वारा जोड

(GMT+08:00) 2013-09-06 09:07:15

           बीस मुलुक समूहका नेताहरुको आठौं शिखर सम्मेलन पाँच तारिख रुसको सेन्ट विटर्सवर्गमा आयोजना भएको छ। चीनका राष्ट्राध्यक्ष सी चिन फिङले यस शिखर सम्मेलनमा भाग लिनुका साथै महत्वपूर्ण सम्बोधन गर्नुभएको छ। विभिन्न मुलुकले खुला विश्व अर्थतन्त्रको दृढताका साथ संरक्षण र विकास गर्ने, अझै घनिष्ठ आर्थिक साझेदारी सम्बन्धको स्थापना गर्ने र जिम्मेवार वहन गर्नुपर्ने कुरामा जोड दिनुभएको छ। साथै उहाँले चीनले सुधारलाई दृढताका साथ र चौतर्फी रुपमा सबल पार्ने, पारस्परिक हितको तथा दुई पक्षका लागि साझा जीतको खुला रणनीतिलाई पालना गर्ने कुरा बताउनुभएको छ। अर्थतन्त्रको दीर्घकालीन र स्वस्थ विकास साकार हुने चीनको पूर्वधार र क्षमता रहेको पनि राष्ट्राध्यक्ष सिले बताउनुभएको छ।

          चीनको अर्थतन्त्र तथा समाजको निरन्तर र स्वस्थ विकासलाई घच्घच्याउनका लागि चीनले सुधारलाई दृढताका साथ अगाडि बढाउने कुरामा जोड दिंदै उहाँले अर्थतन्त्र, राजनीति, सँस्कृति, समाज, पर्यावरणीय सभ्यता क्षेत्रको सुधार गर्नका लागि चीनले चौतर्फी र गहिरो सुधारबारे समष्टिगत अनुसन्धान गर्दै आएको बताउनुभयो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह