फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

खुला विश्व अर्थतन्त्रको दृढताका साथ संरक्षण र विकास गर्ने कुरामा राष्ट्राध्यक्ष सी चिन फिङद्वारा जोड

(GMT+08:00) 2013-09-06 17:38:38
        बीस मुलुक समूहका नेताहरुको आठौं शिखर सम्मेलन पाँच तारिख रुसको "उत्तरी राजधानी"को प्रचलित सहर सेन्ट पिटर्सवर्गमा आयोजना भएको छ। चीनका राष्ट्राध्यक्ष सी चिन फिङले यस शिखर सम्मेलनमा भाग लिनुका साथै महत्वपूर्ण सम्बोधन गर्दै खुला विश्व अर्थतन्त्रको दृढताका साथ संरक्षण र विकास गर्ने कुरामा जोड दिनुभएको छ। राष्ट्राध्यक्ष सीले चीनले सुधारलाई दृढताका साथ र चौतर्फी रुपमा सबल पार्ने, पारस्परिक हित तथा दुई पक्षका लागि जीत जीतको खुला रणनीतिलाई पालना गर्ने कुरा बताउनुभएको छ। अर्थतन्त्रको दीर्घकालीन र स्वस्थ विकासलाई साकार तुल्याउन चीनसँग आवश्यक पूर्वधार र क्षमता रहेको पनि उहाँले बताउनुभएको छ।

         हाल विश्व अर्थतन्त्रमा बृद्धि भएको सशक्त शक्तिको अभाव, अन्तर्राष्ट्रिय मौद्रिक संकटमा देखापरेको विवाद र आर्थिक बनौट समस्या हालसम्म पनि हटिसकेको छैन। यस्तो पृष्ठभूमिमा सेन्ट पिटर्सवर्ग शिखर सम्मेलनको मुख्य विषयवस्तु बृद्धि र रोजगार भन्ने रहेको छ। पाँच तारिख आयोजित पहिलो सत्रको बैठकमा नेताहरुले विश्व अर्थतन्त्रको परिस्थिति, व्यापार, विकास, अन्तर्राष्ट्रिय मुद्रा तथा बैकिङ प्रणालीको सुधारआदि विषयहरुबारे विचार विमर्श गर्नुभयो। विभिन्न पक्षले हाल विश्व अर्थतन्त्रको पुनरुत्थान प्रक्रिया पूरा नभएको बताउँदै बीस मुलुक समूहको विभिन्न सदस्य मुलुकले नीतिको समन्वय तथा सहयोगलाई बढाउने, अन्तर्राष्ट्रिय मौद्रिक बजारको स्थिरताको संरक्षण गर्ने, विश्व अर्थतन्त्रको सशक्त, निरन्तर र स्थिर विकासका लागि जग बसाल्ने कुरा बताए।

         राष्ट्राध्यक्ष सी बीस मुलुक समूहका नेताहरुको शिखर सम्मेलनमा सहभागी हुनुभएको यो पहिलो पटक हो। राष्ट्राध्यक्ष सीले सम्बोधन गर्दै सिर्जनशीलता विश्व अर्थतन्त्रको निरन्तर बृद्धिको आग्रह भएको बताउँदै विभिन्न मुलुकले आर्थिक बृद्धिको गुणस्तर र फाइदालाई बढाउने, सकारात्मक बनौटको सुधारमार्फत अर्थतन्त्रको प्रतिस्पर्धात्मक शक्तिलाई मजबुत पार्ने कुरा बताउनुभयो। साथै उहाँले विभिन्न मुलुकले आफ्नो मुलुकको हित खोज्नुका साथै अरु मुलुकको हितमा पनि सोच-विचार पुर्‍याउनुपर्ने, आफ्नो मुलुकको विकास खोज्नुका साथै अरु मुलुकको विकास सोच-विचार पुर्‍याउनुपर्ने कुरामा जोड दिनुभयो। त्यसैगरी उहाँले विभिन्न मुलुकले हितको सँगसँगै उपभोग गर्ने विश्व मूल्य श्रृंखलाको निर्माण गर्नुपर्ने र पारस्परिक हितको र आपसी साझा विजयका विकास योजनालाई साकार तुल्याउनुपर्ने कुरा बताउनुभयो।

         राष्ट्राध्यक्ष सीले यस्तो विश्व अर्थतन्त्रको निर्माण गर्नका लागि बीस मुलुक समूहमा आवद्ध विभिन्न मुलुकले अझै घनिष्ठ आर्थिक साझेदारी सम्बन्धको स्थापना गर्ने र जिम्मेवारी वहन गर्नुपर्ने कुरामा जोड दिनुभयो।

         चीनको आर्थिक नीतिबारे राष्ट्राध्यक्ष सीले अर्थतन्त्र, राजनीति, सँस्कृति, समाज, पर्यावरणीय सभ्यता क्षेत्रको सुधार गर्नका लागि चीनले चौतर्फी र गहिरो सुधारबारे समष्टिगत अनुसन्धान गर्दैआएको कुरा बताउनुभयो। चीनले बजार प्रणालीको निर्माणलाई बढाउने, समष्टिगत सामन्जस्यता, बित्त तथा कर, बैकिङ, लगानी, प्रशासनिक व्यवस्थापनआदि क्षेत्रहरुको सुधारलाई अगाडि बढाउनेछ। साथै चीनले ब्याज र विनिमय दरको सुधारलाई सबल पार्न प्रयास गर्नेछ। चीनले पारस्परिक हितको र दुई पक्षका लागि विजययुक्त खुला रणनीतिलाई पालना गर्ने, लगानी तथा व्यापार प्रणालीको सुधारलाई सबल पार्ने, कानून र नियमलाई सुधार्ने, विभिन्न मुलुकले चीनमा स्थापना गरेका उद्योग-व्यवसायहरुलाई निष्पक्ष कानूनी वातावरणको सिर्जना गर्ने, समन्वय तथा छलफलमार्फत केही मुलुकहरुसितको व्यापारिक वाद-विवादको समाधान गर्ने छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह