फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

बीस मुलुक समूहका नेताहरुको आठौं शिखर सम्मेलनमा भाग लिएपछि चिनियाँ राष्ट्राध्यक्ष सी काजकिस्तानतर्फ प्रस्थान

(GMT+08:00) 2013-09-07 18:12:02

    रुसको सेन्ट पिटर्सवर्गमा आयोजित बीस मुलुक समूहका नेताहरुको आठौं शिखर सम्मेलनमा भाग लिनुभएपछि चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङ सेप्टेम्बर छ तारिख दिउँसो काजकिस्तानतर्फ प्रस्थान गर्नुभएको छ।

     राष्ट्राध्यक्ष सीले तुर्किमनिस्तानको राजकीय भ्रमण गर्नुभएपछि रुसमा आयोजित बीस मुलुक समूहको नेताहरुको शिखर सम्मेलनमा भाग लिनका लागि यसै सेप्टेम्बर चार तारिख राति सेन्ट पिटर्सवर्ग पुग्नुभएको थियो। काजकिस्तान सीको मध्य एशियाको यात्राको दोस्रो गन्तव्य हो। काजकिस्तानको भ्रमण सम्पन्न भएपछि राष्ट्राध्यक्ष सीले उज्वेकिस्तान, किर्गिजिस्तानको राजकीय भ्रमण गर्नुका साथै किर्गिजिस्तानमा आयोजना हुने शाङ्गहाइ सहयोग संगठनका सदस्य मुलुकका नेतास्तरीय परिषदको तेह्रौं सम्मेलनमा पनि भाग लिनुहुने कार्यक्रम रहेको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह