फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

बीस मुलुक समूहको नेताहरुको आठौं शिखर सम्मेलन सम्पन्न

(GMT+08:00) 2013-09-07 18:13:02

            थप प्रयास गरी अर्थतन्त्रको बृद्धिलाई कायम राख्नुका साथै अझ रोगगारी सिर्जना गर्ने कुरामा मतैक्यता सहित बीस मुलुक समूहका नेताहरुको आठौं शिखर सम्मेलन यसै सेप्टेम्बर छ तारिख रुसको सेन्ट पिटर्सवर्गमा सम्पन्न भएको छ। यस सम्मेलनमा भाग लिएका विभिन्न मुलुकका नेताले "सेन्ट विटर्सवर्ष कार्यसूचि योजना"पनि पारित गरेका छन्।

           शिखर सम्मेलन सम्पन्न भएपछि आयोजित पत्रकार सम्मेलनलाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले "सेन्ट पिटर्सवर्ग कार्यसूची परियोजना" पारित भएको विषय यस शिखर सम्मेलनको सबैभन्दा महत्वपूर्ण उपलब्धि भएको जानकारी दिनुभयो। उहाँका अनुसार यस सम्मेलनमा भाग लिएका विभिन्न मुलुकले विश्वको बैकिङ्ग बजारको स्थिरताको संरक्षणलाई प्रत्याभूति गर्ने क्षेत्रमा धेरै सहमति हासिल गरेका छन्। यसका अतिरिक्त कर सम्बन्धी नियमको सुधार,कम आम्दानी भएका मुलुकको विकासलाई समर्थन दिने आदि विषयमा पनि विभिन्न मुलुकको सहमति रहेको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह