फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका राष्ट्राध्यक्ष सी चिन फिङ्गद्बारा कजाकिस्तानमा संवोधन

(GMT+08:00) 2013-09-07 18:13:30

             स्थानीय समय अनुसार सेप्टेम्बर सात तारिख बिहान चीनका राष्ट्राध्यक्ष सी चिन फिङ्गले कजाकिस्तानको राजधानी आस्तानामा भाषण दिनुभएको छ। आफ्नो भाषणमा राष्ट्राध्यक्ष सीले मध्य एशियाली मुलुकसति पारस्परिक विश्वासलाई निरन्तर रुपमा प्रबर्द्धन गर्दैजाने, मैत्रीपूर्ण सम्बन्धलाई सुदृढ पार्दै जाने र आपसी सहयोगलाई मजबुत पार्दै जाने चीनको आशा व्यक्त गर्नुभएको छ। साथै उहाँले दुवै पक्षले सिर्जनशील सहयोगात्मक तरिकामार्फत संयुक्त रुपमा "सिल्क रोडको आर्थिक कटिबन्ध"को निर्माण गर्ने प्रस्ताव पनि प्रस्तुत गर्नुभयो।

               स्थानीय सात तारिख बिहान कजाकिस्तानको सर्वोच्च विश्वविद्यालय अर्थात् नाजार्बायेभ विश्वविद्यालयले चीनका राष्ट्राध्यक्ष सी चिन फिङ्गको स्वागन गरेको थियो। राष्ट्राध्यक्ष सीको सम्मानमा कजाकिस्तानका राष्ट्रपति नाजार्बायेभले पनि विश्वविद्यालयका शिक्षक र विद्यार्थीहरूसँगै बसेर ध्यानपूर्वक सीको भाषण सुन्नुभएको थियो।

                राष्ट्राध्यक्ष सीका अनुसार, हाल चीन तथा मध्य एशियाली मुलुकबीच सम्बन्ध विकास हुने सवालमा अमूल्य अवसर देखा परेको देखिन्छ। यस्तो अवस्थामा चीनले मध्य एशियाली मुलुकहरूसँगै मिलेर पारस्परिक विश्वासलाई अघि बढाउनुका साथै जोडतोडसँग वास्तविक सहयोगलाई सबल पारी आपसी हितयुक्त र साझा समृद्धि हुने साझा हितयुक्त समुदायको स्थापना गर्नु ज्यादै आवश्यक छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह