फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका राष्ट्राध्यक्ष सी चिन फिङ्ग तथा अमेरिकी राष्ट्रपतिबीच भेट-वार्ता

(GMT+08:00) 2013-09-07 18:14:11

              चीनका राष्ट्राध्यक्ष सी चिन फिङ्ग तथा अमेरिकी राष्ट्रपति बाराक ओबामा बीच छ तारिखका दिन सेन्ट पिटर्सवर्गमा भेटवार्ता भएको छ। दुई घण्टासम्मको वार्तामा दुई देशका राष्ट्रनायकले द्बिपक्षीय सम्बन्ध, एशिया-प्रशान्त मामिला, कोरियाली प्रायद्बीपको परिस्थिति र सिरिया समस्या आदि विषयबारे गहन रुपमा वैचारिक आदान-प्रदान गर्नुभएको छ।

              वार्ताका अवसरमा राष्ट्राध्यक्ष सीले चीन तथा अमेरिकाबीचको वर्तमान सम्बन्धले राम्रो प्रवृत्तिलाई कायम राखेको बताउनुभयो। उहाँका अनुसार, हाल चीनको अर्थतन्त्र स्थिर रुपमा विकसित भइरहेको देखिन्छ। चीनले सुधार तथा खुलापनलाई कायम राख्नुका साथै विकास तरिकाको परिवर्तन र आर्थिक बनौटको समन्वयलाई अघि बढाउँदै जानेछ। त्यसबाट चीन तथा अमेरिकाबीचको सहयोगका लागि अझ बढी अवसर उपलब्ध गराउन सकिनेछ।

              प्रत्युत्तरमा अमेरिकी राष्ट्रापति ओबामाले एशिया-प्रशान्त मामिलाको सन्दर्भमा अमेरिका तथा चीन दुवै देश बीच सम्पूर्ण साझेदारी सम्बन्धको स्थापना गर्ने आशा अमेरिकाले गरेको बताउँदै कूटनीतिक तरिकामार्फत विभिन्न विवादको समाधान गर्न अमेरिका इच्छुक रहेको बताउनुभयो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह