फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका राष्ट्राध्यक्ष सी चिन फिङ्गद्बारा जी ट्वान्टी बैठकमा सम्बोधन

(GMT+08:00) 2013-09-07 18:14:38

            चीनका राष्ट्राध्यक्ष सी चिन फिङ्गले छ तारिखका दिन बीस मुलुक समूहका नेताहरूको आठौं शिखर सम्मेलनलाई ब्यापारिक विषयबारे सम्बोधन गर्नुभयो।

            आफ्नो सम्बोधनमा राष्ट्राध्यक्ष सीले सारा विश्वको कूल ब्यापारिक मात्राको असी प्रतिशत स्थान ओगटेको कारण बीस मुलुक समूहले जिम्मा लिएर नयाँ चरणको विश्व ब्यापारिक बृहत् विकासलाई अघि बढाउनुपर्ने विचार व्यक्त गर्नुभयो।

             सम्बोधनमा राष्ट्राध्यक्ष सीले तीन बुँदे महत्वपूर्ण प्रस्ताव प्रस्तुत गर्नुभयो। पहिलो, ब्यापारिक संरक्षणवादको विरोध गर्नुका साथै खुल्ला विश्व अर्थतन्त्रको संरक्षण र विकास गर्नुपर्छ। दुई, बहुपक्षीय ब्यापारिक प्रणालीलाई सबल पार्नुका साथै दोहा सम्झौता-वार्तालाई अघि बढाउनुपर्छ। तेस्रो विषय, सारा विश्वको मूल्य श्रृंखलालाई पूर्णता दिलाएर विश्व एकरुपता सहित ठूलो बजारको निर्माण गर्नुपर्छ।

             चीनको ब्यापारिक रणनीतिको मुख्य उद्देश्य आपसी हितयुक्त र साझा समृद्धि हुनुका साथै बहुपक्षीय सन्तुलन रहेको कुरामा पनि राष्ट्राध्यक्ष सीले जोड दिनुभएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह