फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

कजाकिस्तानको भ्रमणमा रहनुभएका चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङ्ग तथा कजाकिस्तान संसदका सभामुखबीच भेट-वार्ता

(GMT+08:00) 2013-09-08 18:06:54

           चीनका राष्ट्राध्यक्ष सी चिन फिङ्गले सात तारिखका दिन अस्तानामा कजाकिस्तानी संसदको तल्लो सदनका सभामुख मुर्लान निग्मातुलिनसँग भेट-वार्ता गर्नुभयो।

           भेटका अवसरमा राष्ट्राध्यक्ष सीले चीन तथा कजाकिस्तान बीच सहयोग आदान प्रदानका निहित शक्ति निकै ठूलो रहे‌को र भविष्य ज्यादै उज्ज्यालो रहेको बताउँदै निकट भविष्यमा दुवै देशको सहयोगमा फलदायी उपलब्धि प्राप्त गर्न सकिने विश्वास पनि व्यक्त गर्नुभएको छ।

             चीन र कजाकिस्तान दुवै देशका विधायिका संस्थाबीचको सहयोग नै दुवै देश बीचको चौतर्फी रणनीतिक साझेदारी सम्बन्धको एक महत्वपूर्ण अङ्ग हो भन्ने कुरामा राष्ट्राध्यक्ष सीले जोड दिनुभएको छ।

            प्रत्युत्तरमा कजाख सभामुख निग्मातुलिनले राष्ट्राध्यक्ष सीको यस भ्रमणबाट दुवै देश बीचको असल छिमेकीपन र रणनैतिक सहयोगलाई अघि बढाइएको उल्लेख गर्दै अन्तर्राष्ट्रिय मामिलाको सन्दर्भमा चीनसितको सहयोगलाई सबल पार्दै जान कजाकिस्तान इच्छुक रहेको कुरा औंल्याउनुभयो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह