फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका राष्ट्राध्यक्ष सी चिन फिङ्ग तथा कजाकिस्तानका प्रधानमन्त्रीबीच भेट-वार्ता

(GMT+08:00) 2013-09-08 18:07:32

           चीनका राष्ट्राध्यक्ष सी चिन फिङ्गले सात तारिखका दिन अस्तानामा कजाकिस्तानका प्रधानमन्त्री सेरिक अघमेतोभसँग भेट-वार्ता गर्नुभयो।

           भेटका अवसरमा राष्ट्राध्यक्ष सीले चीन तथा कजाकिस्तान बीचको सहयोगको प्राकृतिक श्रेष्ठता र राम्रो राजनीतिक आधार रहेको हो भन्दै दुवै पक्षले सधैं नै समान व्यवहार गर्ने र आपसी हितयुक्त तथा साझा समृद्धिको सिद्धान्तलाई कायम राख्दैआएको बताउनुभएको छ।

             चीन र कजाकिस्तानबीच सहयोग आदान प्रदानको भविष्य निकै फराकिलो हुने कुराबाट दुई देशका जनताहरू लाभान्वित हुने विश्वास पनि राष्ट्राध्यक्ष सीले व्यक्त गर्नुभएको छ।

            प्रत्युत्तरमा प्रधानमन्त्री अघमेतोभले चीनको अर्थतन्त्रले विकासको राम्रो प्रवृत्तिलाई कायम राख्दैआएको कुराबाट दुवै देशबीच सहयोगका लागि अझ बढी अवसर सिर्जना गरिएको कुरा औंल्याउनुभयो। साथै उहाँले सीको यस भ्रमण अवधिमा दुवै देशका राष्ट्रनायकले आपसी सहयोग सम्बन्धी नयाँ लक्ष्य र महत्वपूर्ण क्षेत्रलाई पनि निश्चित पार्नुभएको जानकारी पनि दिनुभएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह