फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन विश्वक तेस्रो वैदेशिक लगानी मुलुक

(GMT+08:00) 2013-09-10 18:30:05

        चीनको वाणिज्यमन्त्रालय, राष्ट्रिय तथ्याङ्क ब्यूरो, राष्ट्रिय विदेशी मुद्रा प्रशासनले हिजो नौ तारिख स्या मन शहरमा संयुक्त रुपमा "सन् 2012 चीनको प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी तथ्याङ्क" विज्ञप्तिमार्फत सार्वजनिक गरेको छ । सो विज्ञाप्तिका अनुसार, सन् 2012 मा चीनको प्रत्यक्ष वैदेशिक लगानी मात्रा 87 अर्ब असी करोड अमेरिकी डलर पुगेर पहिलो पटक विश्वको तेस्रो वैदेशिक लगानी मुलुक बनेको थियो। यसबाहेक विदेशमा लगानी गर्ने चिनियाँ व्यवसायीलाई सहयोग गर्नका लागि चीनले वैदेशिक आर्थिक तथा व्यापारिक सहयोगी क्षेत्रको निर्माण गर्न थालेको हो । अब सुनौँ यससम्बन्धी विस्तृत विवरण-

         विज्ञाप्तिका अनुसार, सन् 2003 मा चीनको वार्षिक तथ्याङ्क सूचना सार्वजनिक गरेयता चीनको प्रत्यक्ष वैदेशिक लगानी मात्रा लगातार दश वर्षसम्म बृद्धि भएको छ भने सन् 2002 दखि सन् 2012 सम्म औसत वार्षिक बृद्धि दर 41 दशमलव 6 प्रतिशत पुगेको छ। चीनको वाणिज्यमन्त्रालयअन्तर्गत सहयोगी विभागका वाणिज्य-सल्लाहकार चौ चन छङका अनुसार, सन् 2012 मा चीनको प्रत्यक्ष वैदेशिक लगानी मात्रा 87 अर्ब असी करोड अमेरिकी डलर पुगेर अमेरिका र जापानपछिको विश्वको तेस्रो वैदेशिक लगानी मुलुक बनेको र चालू वर्षको प्रत्यक्ष वैदेशिक लगानी बृद्धि दर पन्ध्र प्रतिशत पुग्ने अनुमान रहेको कुरा व्यक्त गर्नुभयो।–आवाज एक

        सन् 2012 चीनको प्रत्यक्ष वैदेशिक लगानी मात्रा 87 अर्ब असी करोड अमेरिकी डलर पुगेको थियो भने सन् 2011कोभन्दा 17 दशमलव 6 प्रतिशत बढेको थियो। सन् 2012 सम्म चीनका सोह्र हजारवटा व्यवसायीले एक सय 79 मुलुक तथा क्षेत्रमा प्रत्यक्ष लगानी गरी बाइस हजार व्यवसाय खोलेका थिए साथै विदेशमा चीनका व्यवसायीहरुको कूल सम्पत्ति तेइस खर्ब अमेरिकी डलरभन्दा बढी पुगेको थियो। वर्तमान लगानी बृद्धि दर र समष्टिगत लगानी अवस्थाबाट हेर्दा यसै वर्षको अन्तसम्म बृद्धि दर पन्ध्र प्रतिशत पुग्ने अनुमान छ।

       सन् 2012को अन्तसम्म चीनको प्रत्यक्ष वैदेशिक लगानीको संचित स्टक पाँच खर्ब अमेरिकी डलर पुगेर विश्वको तेह्रौँ स्थानमा पुगेको थियो। तर चीनको प्रत्यक्ष वैदेशिक लगानी कार्य ढिलो रुपमा थालेकोले उक्त संख्या अमेरिकी संचित स्टकको दश प्रतिशत मात्रै पुगेको छ। श्री चौ चन छङले भन्नुभयो—आवाज दुई

         संचित स्टकको दृष्टिबाट हेर्दा सुधार तथा खुलापन नीति लागू भएयता चीन विकास भएको छ तर ढिलो रुपमा थालेकोले चीनको संचित स्टक विश्वको 2 दशमलव 3 प्रतिशत मात्रै पुगेको छ। विदेशमा लगानी गरेका चीनका व्यवसाय धेरै देखिए पनि अलगै परियोजनाको लगानी मात्रा अझै सानो छ। चीनको लगानीको तुलनात्मक मात्रा विकसित मुलुकको भन्दा अझै सानो छ।

         विदेशमा लगानी गर्न चिनियाँ व्यवसायलाई सहयोग दिनका लागि चीनले वैदेशिक आर्थिक तथा व्यापारिक सहयोगी क्षेत्रको निर्माण कार्यलाई छिटो पारेको छ। सन् 2006 देखि चिनियाँ व्यवसायीले तेह्र वटा देशमा सोह्र वटा वैदेशिक आर्थिक तथा व्यापारिक सहयोगी क्षेत्र निर्माण गर्न थालेका थिए।

         चीनको वाणिज्य मन्त्रालयअन्तर्गत सहयोग विभागका उप-प्रमुख छाउ या वीका अनुसार, वैदेशिक लगानी कार्यमा दीगो विकास हुन समर्थन दिनका लागि चीनले वैदेशिक आर्थिक तथा व्यापारिक सहयोगी क्षेत्र निर्माण कार्यमाथि विभिन्न क्षेत्रबाट सहयोग दिएको छ। साथै पहिलो पटक "वैदेशिक लगानी सहयोगी वातावरण संरक्षण निर्देशन कार्यक्रम" निकालेर सफा उत्पादन, ग्रीन खरिद आदि क्षेत्रबाट व्यवसायको वातावरण संरक्षण कार्यलाई निर्देशन र प्रस्ताव प्रस्तुत गरेको छ। श्री छाउले भन्नुभयो—आवाज तीन

         समष्टिगत अवस्थाबाट हेर्दा चिनियाँ व्यवसायले सामान्यतः वातावरण संरक्षण कार्यमा निकै ध्यान दिएको छ साथै लगानी गर्ने मुलुकको ऐन-कानूनको कार्यान्वयन र सम्बन्धित सामाजिक जिम्मेवारको सक्रिय पालना गरेको छ। तर चिनियाँ व्यवसायले विदेशमा ढिलो रुपमा लगानी गर्न थालेकोले केही चिनियाँ व्यवसायीले वातावरण संरक्षण गर्ने अनुभव अभाव छ त्यसैले सरकारको आवश्यक संरक्षण र सहयोग चाहिन्छ। चीन सरकारले विदेशमा लगानी गर्ने चिनियाँ व्यवसायीलाई सम्बन्धित निर्देशन दिएको पनि यो पहिलो पटक हो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह