फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङद्वारा उज्वेकिस्तान सिनेटको अवलोकन

(GMT+08:00) 2013-09-10 09:58:00

        चीनका राष्ट्राध्यक्ष सी चिन फिङले हिजो नौ तारिख उज्वेकिस्तानका राष्ट्रपति इस्लाम कारिमोभका साथमा उज्वेकिस्तानी सर्वोच्च काउन्सिल सिनेटको अवलोकन गर्नुभएको छ।

       सो अवसरमा उज्वेकिस्तान सिनेटका अध्यक्ष इकिजार साबारोभले दुई जना नेतालाई स्वागत गर्नुभएको थियो। राष्ट्राध्यक्ष सी चिन फिङले धेरै पहिलादेखि रेशम मार्गबाट चीन र उज्वेकिस्तानबीच सम्पर्क भएको बताउँदै दुई देशका धेरै साँस्कृतिक तत्वमा समानता रहेको व्यक्त गर्नुभयो। दुई देशले आपसीबाट सिक्ने धेरै कुरा रहेको पनि उहाँले बताउनुभयो।

        उज्वेकिस्तानका राष्ट्रपति कारिमोभले राष्ट्राध्यक्ष सी चिन फिङलाई भन्नुभयो: तपाईँ महान् चीनका नेता हुनुहुन्छ र तपाईँले चिनियाँ जनताको नेतृत्व गरी ठूलो विकास र समृद्धलाई व्यवहारमा उत्तार्ने कुरामा म पूर्ण विश्वस्त छु।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह