फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ प्रधानम्नत्री ली ख छ्याङद्वारा चिनियाँ तथा विदेशी व्यवसायीसँग भेटवार्ता

(GMT+08:00) 2013-09-11 16:38:00

       हिजो दश तारिख दिउँसो चीनका प्रधानमन्त्री लि ख छ्याङले ता ल्यानमा दाभोस वार्षिक सम्मेलनमा उपस्थित चिनियाँ तथा विदेशी व्यवसायीसँग भेट-वार्ता गर्नुभयो। प्रधानमन्त्रीको रुपमा दाभोस वार्षिक सम्मेलनमा लीले पहिलो पटक भाग लिनुभएको हो। चीनको आर्थिक विकासबारे चर्चा गर्दै प्रधानमन्त्री ली ख छ्याङले भविष्यमा चीनको आर्थिक विकाससमक्ष जोखिम तथा चुनौति देखिए पनि दिगो र स्वस्थ विकास गर्न चीन सक्षम रहने कुरा व्यक्त गर्नुभयो। अब सुनौँ यससम्बन्धी विस्तृत विवरण-

         चीनका प्रधानमन्त्री र व्यवसायी प्रतिनिधिबीचको बैठक नै ग्रीष्मकालीन दाभोस वार्षिक सम्मेलनको एक महत्वपूर्ण कार्यक्रम हो। त्यसबाट चीनको आर्थिक विकाससम्बन्धी केही महत्वपूर्ण सूचना थाहा पाउनसकिन्छ।–

        सन् 2013यता चीनको आर्थिक बृद्ध दर कम भएबाट चीन आर्थिक विकाससम्बन्धी अन्तर्राष्ट्रिय समूहलाई चिन्ता लागेको छ यसबारे तपाईँलाई कस्तो लाग्छ?

        बैठकमा इटलीको इनि स्पा ग्रुपका अध्यक्ष ग्युसेपे रिचीले उठाएको उक्त प्रश्नबाट भविष्यमा चीनको आर्थिक विकाससम्बन्धी अन्तर्राष्ट्रिय समूहको चिन्ता देखिएको छ। यसप्रति प्रधानमन्त्री ली ख छ्याङले चीन र विविध अन्तर्राष्ट्रिय तत्वका प्रभावमा चीनको आर्थिक विकास ढिलो भएको बताउँदै आर्थिक विकासको दबावले चीनमा समष्टिगत आर्थिक समन्वय नीति चलेको छैन तर यसको विकल्प रहेको स्पष्ट पार्नुभयो ।

         हामीले छानेको अर्को उपाय भनेको संयम भएर सामना गर्ने हो। विशेष गरी सुधारको सबभन्दा बढी लाभांश निकालेर बजारको जीवित शक्तिलाई उठाएर आर्थिक संरचना समन्वय गर्न र विकासको उपाय बदल्न सघाउँछ। जसले स्थिर आर्थिक विकासलाई व्यवहारमा उत्तार्नसक्छ। हाल त्यससम्बन्धी प्रारम्भिक प्रभावकारी देखिएको भन्नसकिन्छ।

         प्रधानमन्त्री ली ख छ्याङका अनुसार, चीनको औद्योगिकरण र शहरीकरण कार्य सकिएको छैन र आन्तरिक मागसम्बन्धी ठूलो शक्ति पनि छ। सुधारको लाभांश निकालेर बजारको ठूलो जीवित शक्ति र दीर्घकालीन विकासको आन्तरिक शक्तिलाई उकास्न सकिन्छ। साथै चीनको आर्थिक संरचनाको असन्तुलन, असमन्वय र अस्थिर समस्या रहेका छन्। आर्थिक संरचना बदल्नु नै अझै ठूलो विषय रहेको छ। उहाँले भन्नुभयो

         आर्थिक संरचनाको सुधार नै हाम्रो महत्वपूर्ण विषय हो साथै विकासको नीहित शक्ति पनि हो। आर्थिक संरचनाको सुधारबाट आर्थिक बृद्धिको गुणस्तर र लाभलाई बढाइन्छ र जनताको आम्दानी र उपभोगलाई पनि बढाइन्छ। यसरी नै चिनियाँ अर्थतन्त्रको दीर्घकालीन विकासका लागि ठूलो चाहना र शक्ति दिइनेछ।

         प्रधानमन्त्री लीका अनुसार, जनजीवनको संरक्षण तथा सुधार चीनको विकासको लक्ष्यमा रहेको छ। जनजीवनमध्ये सबभन्दा ठूलो विषय भनेको रोजगार हो। चीनले सक्रिय रोजगार नीति चालेर समान रोजगारलाई बढाउनेछ। उहाँले भन्नुभयो

         राम्रो रोजगार पाउनका लागि आधारभूत काम गर्न थालेको हो। मैले तपाईँहरुलाई बताइदिनसक्छु दशौँ वर्षअगाडि म किसान थिएँ। किसानको अनुभवले हाल म प्रधानमन्त्रीको पदमा बस्नका लागि धेरै फाइदा दिएको छ। मेरा पनि विश्वस्त छु यदि यसै सम्मेलन भवनको व्यवस्थापकमा "शौचालय सफा गर्ने" अनुभव भयो भने यस भवनको अझ राम्रोसँग व्यवस्थापन गर्न सकिन्छ।

          प्रधानमन्त्री लीले बताउनुभए अनुसार, चीनमा लगानी गर्ने विदेशी व्यवसायलाई न्याय तथा निष्पक्ष वातावरण बनाइरहनेछ। विकास हुँदा चीनसमक्ष देखिएको पर्यावरण प्रदूषण समस्यासम्बन्धी बाहिरी क्षेत्रको चिन्ताबारे चर्चा गर्दै प्रधानमन्त्री लीले उल्लेख गर्नुभयो

         हरित विकासको बाटोमा चीन सरकार अडिग रहिरहेको छ साथै पर्यावरण प्रदूषण समस्याको समाधान गर्न कडा नीति चाल्नेछ। हामी स्वास्थ्यसम्बन्धी वायु, पानी र माटोलाई प्रदूषित हुनबाट जोगाउँछौं।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह