फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन र किर्गिजस्तानले रणनैतिक साझेदारीलाई प्रगाढ बढाउने

(GMT+08:00) 2013-09-11 18:15:28

        चीनका राष्ट्राध्यक्ष सी चिंग फिंगले आज किर्गिजस्तानका राष्ट्रपति अल्माज्बेक अटाम्बयेजसँग भेट-वार्ता गर्नुभएको छ। दुवै नेताले आपसी सम्बन्ध र पारस्परिक सहयोगमा बैचारिक आदानप्रदान गर्नुहुने कार्यक्रम पनि छ। दुवै मुलुकका नेताले आपसी सम्बन्धमा रणनैतिक साझेदारलाई प्रगाढ बढाउने उद्घोष गर्नुभएको छ।

       भ्रमणका क्रममा दुवै नेताले श्रृंखलाबद्ध सहयोगात्मक दस्तावेजमा पनि हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ।

        चीनका राष्ट्राध्यक्ष सी चिंग फिंग हिजो दश तारिख राति किर्गिजस्तानको राजधानी बिश्केक पुग्नुभई त्यहाँको राजकीय भ्रमण थाल्नुभएको हो। साथै उहाँले तेह्र तारिख बिश्केकमा आयोजना हुने शाङ्गहाई सहयोग संगठनको सदस्य मुलुकका राष्ट्रनायक परिषदको तेह्रौं सम्मेलनमा पनि भाग लिनुहुने बताइएको छ।

         किर्गिजस्तान राष्ट्राध्यक्ष सीको मध्य एशिया भ्रमणको अन्तिम गन्तव्य हो। यसअघि उहाँले तुर्कमनिस्तान, कजाकिस्तान तथा उज्बेकिस्तानको राजकीय भ्रमण गर्नुको साथै सेप्टेम्बर पाँचदेखि छसम्म रुसको सेन्ट पिटर्सवर्गमा आयोजित बीस मुलुक समूहको शिखर सम्मेलनमा पनि भाग लिनुभएको थियो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह