फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ राष्ट्राध्यक्षद्वारा ताजिकस्तान र मङ्गोलियाका राष्ट्रपतिसँग भेटघाट

(GMT+08:00) 2013-09-13 10:36:24

         चीनका राष्ट्राध्यक्ष सि चिनफिङले बाह्र तारिखका दिन किर्गिजस्तानको राजधानी विश्केकमा बेग्लाबेग्लै रुपमा ताजिकस्तानी राष्ट्रपति एमोमाली राखमोनोभ तथा मंगोलियाली राष्ट्रपति छाख्या एल्बेगदोर्गसँग भेटघाट गर्नुभएको छ।

        ताजिकस्तानी राष्ट्रपति एमोमालीसँगको भेटमा चीनका राष्ट्राध्यक्ष सिले गत मैमा स्थापित भएको चीन-ताजिकस्तान रणनैतिक साझेदारी सम्बन्धले आपसी सम्बन्धलाई नयाँ चरणमा पुर्‍याएको बताउनुभयो। साथै उहाँले खानी पदार्थको विकास, कृषि, प्राकृतिक ग्याँस पाइपको निर्माण, यातायात पूर्वाधारको निर्माण लगायतका विविध क्षेत्रमा हुने आपसी सहयोगलाई सबल पार्ने आशा पनि प्रकट गर्नुभएको छ। दुवै पक्षले शाङहाई सहयोग संगठनको प्रारुपमा हुने सहयोगको प्रवर्द्धन गरी क्षेत्रीय स्थिरता तथा साझा समृद्धिलाई साकार तुल्याउने पनि राष्ट्राध्यक्ष सिले व्यक्त गर्नुभयो।

       ताजिकस्तानी राष्ट्रपति एमोमालीले चीनसँगसँगै मिलेर सदिच्छापूर्वक सहयोग गर्ने इच्छा लिएको बताउनुभयो।

       मंगोलियाली राष्ट्रपति छाख्यासँगको भेटमा चीनका राष्ट्राध्यक्ष सिले साझा हित तथा अभिरुचि भएका विषयमा एक अर्काको अटल समर्थन रहने बताउनुभयो। साथै उहाँले अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मामिलामा मंगोलियाको सहभागिताको समर्थन पनि गर्नुभयो।

        मंगोलियाली राष्ट्रपति छाख्याले खानी पदार्थ, ऊर्जा, आर्थिक तथा व्यापारिक, पूर्वाधारको निर्माण लगायतका क्षेत्रमा चीनसँगको सहयोग अझै बलियो हुने आशा व्यक्त गर्नुभयो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह