फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

शाङहाइ सहयोग संगठनको शिखर सम्मेलन विश्केकमा सम्पन्न

(GMT+08:00) 2013-09-13 18:41:26

       शाङहाइ सहयोग संगठनको तेह्रौं शिखर सम्मेलन आज दिउँसो किर्गिजस्तानको राजधानी विश्केकमा सम्पन्न भएको छ। यस पटकको शिखर सम्मेलनमा सहभागी मुलुकहरुले राजनैतिक, आर्थिक, सुरक्षा, साँस्कृतिक लगायतका क्षेत्रमा सहयोगलाई अझै मजबुत बनाउने सम्झौदामा हस्ताक्षर गरेका छन्।

        सदस्य मुलुकका नेताले अफगानिस्तान, इरान र सिरिया समस्या जस्ता अन्तर्राष्ट्रिय र क्षेत्रीय समस्याबारे छलफल गरेका छन्।

         आज सम्पन्न भएको सम्मेलनले जारी गरेको "विश्केक घोषणा पत्र" मा अन्तर्राष्ट्रिय तथा क्षेत्री समस्यामा सदस्य मुलुकको साझा अडानलाई उल्लेख गरिएको छ। शिखर सम्मेलनको अन्तमा नेताहरुले "शाङहाइ सहयोग संगठन सदस्य मुलुकका सरकार बीचको प्राबिधिक सहयोग सम्झौदा"मा पनि हस्ताक्षर गरेका छन्।

         चीनका उप परराष्ट्र मन्त्री छन् को फिंगले शिखर सम्मेलनमा आयोजित पत्रकार सम्मेलनमा यस पटकको शिखर सम्मेलनबाट प्राप्त गरेको सफलताप्रति चीन सन्तुष्ट रहेको बताउनुभएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह