फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

शाङहाइ सहयोग संगठनको शिखर सम्मेलनमा राष्ट्राध्यक्ष सी चिन फिङद्वारा चार प्रस्ताव प्रस्तुत

(GMT+08:00) 2013-09-13 19:51:13

       शाङ हाइ सहयोग संगठन सदस्य मुलुकका नेता परिषदको तेह्रौँ सम्मेलन आज तेह्र तारिख किर्गिस्तानको राजधानी बिश्केकमा सम्पन्न भएको छ। चीनका राष्ट्राध्यक्ष सी चिन फिङले सम्मेलनलाई सम्बोधन गर्दै "शाङहाइ सहयोग संगठनका अनुभवलाई स्वीकार गरी संयुक्त विकासामा लगाउने" शीर्षकमा महत्वपूर्ण मन्तव्य दिनुभयो।

         सम्बोधनमा राष्ट्राध्यक्ष सी चिन फिङले चार प्रस्ताव प्रस्तुत गर्नुभयो। उहाँको पहिलो प्रस्तावमा आपसी विश्वास, आपसी हित, समान सल्लाह, विविध सभ्यताको सम्मान गर्दै साझा विकास खोज्ने "शाङहाइ सहयोग संगठन अनुभव"लाई विकास गर्ने जस्ता बुँदाहरु समेटिएका छन्। दोस्रो प्रस्तावमा संयुक्त रुपमा क्षेत्रीय सुरक्षा र स्थीरताको संरक्षण गर्ने कुरा उल्लेख गरिएको छ। तेस्रो प्रस्तावमा व्यवहारिक सहयोगलाई मुख्यतः विकास गर्ने कुरा उल्ले गर्दै उहाँले आफ्नो चौथो प्रस्तावमा मानव आदान-प्रदान र लोक आवत-जावतलाई बढाएर शाङहाइ सहयोग संगठनलाई सुदृढ लोक तथा सामाजिक आधार बनाउँछ भन्ने रहेको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह