फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका राष्ट्राध्यक्ष सी चिंग फिंगको मध्य एशियाको भ्रमण भव्य रुपमा सफल

(GMT+08:00) 2013-09-14 14:11:23

         सेप्टेम्बर तीन तारिखदेखि तेह्र तारिखसम्म चिनियाँ राष्ट्राध्यक्ष सी चिंग फिंगले तुर्कमेनिस्तान, कजाखस्तान, उज़्बेकिस्तान र किर्गिजस्तानको भ्रमण गर्नुभएको छ। भ्रमणका अवसरमा राष्ट्राध्यक्ष सी रुसमा आयोजित बीस राष्ट्र समूह संगठनको आठौं शिखर सम्मेलन र शाङहाइ सहयोग संगठनको तेह्रौं शिखर सम्मेलनमा सहभागी हुनुभयो। चीनका परराष्ट्र मन्त्री वाङ यीले राष्ट्राध्यक्ष सी चिंग फिंगको मध्य एशियाको भ्रमणमा धेरै सफलतालाई प्राप्त भएको बताउनुभएको छ। परराष्ट्र मन्त्री वाङ यीले यी सबै मुलुकहरुले राष्ट्राध्यक्ष सीको भ्रमणलाई ठूलो महत्व दिएको कुरा बताउनुभएको छ। राष्ट्राध्यक्ष सीको भ्रमणबाट चीन र विभिन्न मुलुकहरु बीचको मित्रतालाई अझै प्रगाढ बनाउनुका साथै आपसी सहयोगलाई सवल बनाइएको परराष्ट्रमन्त्री वाङले बताउनुभएको छ।

          परराष्ट्र मन्त्री वाङले राष्ट्राध्यक्ष सीको भ्रमणबाट धेरै सफलतालाई प्राप्त भएको औँल्याउनु भएको छ। चीनले विभिन्न देशसँग गहन मित्रता र उच्च विश्वासलाई स्थापना गरेको, चीन र मध्य एशियाका मुलुक बीचको सम्बन्धलाई चौतर्फी रुपमा बढाइएको, र "रेशमी मार्ग आर्थक विकास क्षेत्र"लाई संयुक्त रुपमा स्थापना गर्न प्रस्तुत गरिएको बताउँदै शाङहाइ सहयोग संगठनलाई स्वस्थ्य रुपमा विकास गरिएको कुरा उहाँले उल्लेख गर्नुभएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह