फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन अन्तरिक्ष केन्द्रको अनुसन्धान तथा निर्माण नयाँ चरणमा प्रवेश

(GMT+08:00) 2013-09-16 19:02:21

          संयुक्त राष्ट्रसंघीय बाह्य अन्तरिक्ष मामिला कार्यालय र चिनियाँ मानववाहक अन्तरिक्ष कार्यालयद्वारा संयुक्त रुपमा अध्यक्षता गरिएको मानववाहक अन्तरिक्ष प्रविधिसम्बन्धी अन्तर्राष्ट्रिय गोष्ठी सेप्टेम्बर सोह्र तारिखका दिन पैचिंगमा आयोजना भएको छ। चिनियाँ मानववाहक अन्तरिक्ष कार्यालयका प्रमुख वाङ चाउ याउले यस गोष्ठीमा चीनले सन् 2020 अघि वा पछि अन्तरिक्ष केन्द्रको अनुसन्धान र प्रक्षेपण गर्ने, अन्तरिक्ष यात्रुले लामो समयमा रहनसक्ने यस अन्तरिक्ष स्टेशनको क्षमताबारे बताउनुभएको छ।

         मानववाहक अन्तरिक्ष प्रविधिसम्बन्धी अन्तर्राष्ट्रिय गोष्ठी हरेक वर्षमा एक पटक आयोजना गरिन्छ। यस पटकको गोष्ठीले विश्वका बीस वटा मुलुक तथा क्षेत्रका एक सय पचास जना अन्तरिक्ष विद्वानलाई यसमा सहभागी हुन आमन्त्रित गरेको छ। चिनियाँ मानववाहक अन्तरिक्ष कार्यालयका प्रमुख वाङ चाउ याउले यस गोष्ठीमा चीन अन्तरिक्ष स्टेशनको अनुसन्धान तथा निर्माणको नयाँ चरणमा प्रवेश भइसकेको कुरा बताउनुभयो।

         "चीन अन्तरिक्ष केन्द्रको अनुसन्धान तथा निर्माणको नयाँ चरणमा चौतर्फी रुपमा प्रवेश गरिसकेको छ। सन् 2020अघि वा पछिसम्म चीनले अन्तरिक्ष केन्द्रको अनुसन्धान र प्रक्षेपण र अन्तरिक्ष यात्रुले लामो समयमा रहनसक्ने यस अन्तरिक्ष केन्द्रको क्षमता रहनेछ। अन्तरिक्ष यात्रुले यस अन्तरिक्ष स्टेशनमा अन्तरिक्षको प्रयोग तथा अन्तरिक्ष प्रविधिको परीक्षण गर्नेछन्।"

         थाहा भएअनुसार, मानववाहक अन्तरिक्षको विकासका क्रममा चीनले संयुक्त राष्ट्रसंघीय बाह्य अन्तरिक्ष मामिला कार्यालय, यूरोपेली अन्तरिक्ष एजेन्सी, रुस, फ्रान्स, जर्मनीआदि मुलुकहरुका अन्तरिक्ष संस्थाहरुसँग राम्रो सहयोग गरेको छ। साथै चीनले अमेरिकासँग पनि वार्ता तथा आदान-प्रदान गरेको छ। चीन र रुसबीच अन्तरिक्ष यात्रुको तालिम, मानववाहक अन्तरिक्ष जहाजको अनुसन्धानआदि क्षेत्रहरुमा सकारात्मक सहयोग भएको छ। चीन र जर्मनीले शन चौ आठ नम्बरको अन्तरिक्ष जहाजमा अन्तरिक्ष जीवनको परीक्षण गरेका छन्। चीन र फ्रान्सले अन्तरिक्ष जीव विज्ञान क्षेत्रमा धेरै परीक्षण तथा अनुसन्धान गरेको र प्रशस्त उपलब्धि हासिल गरेका छन्।

         भविष्यमा अन्तरिक्ष केन्द्रको निर्माणबारे चर्चा गर्दा वाङले भन्नुभयो---चीनले शान्तिपूर्ण रुपमा प्रयोग, समान तथा पारस्परिक हित, साझा विकासको सिद्धान्तलाई पालना गरी संयुक्त राष्ट्रसंघीय बाह्य अन्तरिक्ष मामिला कार्यालय तथा अरु मुलुकहरुका अन्तरिक्ष संस्थाहरुसँग सहयोग गर्ने कुरा बताउनुभयो।

         "पहिले, दुई पक्षले चौतारो प्रविधिको सहयोग गर्नेछन्। दोस्रो, दुई पक्षले अन्तरिक्ष प्रयोगको सहयोग गर्नेछन्। तेस्रो, दुई पक्षबीच अन्तरिक्ष यात्रुको छनौट तथा अभ्यास क्षेत्रमा सहयोग हुनेछ। चौथो, दुई पक्षले प्राविधिक उपलब्धीबारे प्रचार-प्रसार गर्ने, विश्वको विभिन्न मुलुक खास गरी विकासोन्मुख मुलुकहरुलाई मानववाहक अन्तरिक्ष प्रविधिको उपलब्धि सक्रियताका साथ प्रचार-प्रसार गर्ने छन्।"

         चीनसितको सहयोगबारे चर्चा गर्दा यूरोपेली अन्तरिक्ष एजेन्सीका प्रतिनिधि बर्नहार्ड हुफेनब्याचले यसबारे अपेक्षा व्यक्त गर्दै भन्नुभयोः

         "चीनले मानववाहक अन्तरिक्ष विज्ञान तथा प्रविधि क्षेत्रमा हासिल गरेको उपलब्धि, भविश्यमा सम्बन्धित क्षेत्रको विकासलाई अगाडि बढाउने चीनको इच्छाप्रति हाम्रो गहिरो छाप छ। हामीले गत शताव्दीको नब्बे दशकको शुरुमा चीनसँग सहयोग लिएका थियौं। चीन एक महत्वपूर्ण सहयोगात्मक साझेदार हो र अभावरहित एक सहयोगात्मक साझेदार पनि हो।"

         थाहा भएअनुसार, यस पटकको मानववाहक अन्तरिक्ष प्रविधिसम्बन्धी अन्तर्राष्ट्रिय गोष्ठी पाँच दिन चल्नेछ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह