फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन र भारतका सञ्चार-माध्यमहरुको पहिलो उच्चस्तरीय शिखर मञ्च नयाँ दिल्लीमा

(GMT+08:00) 2013-09-17 17:06:57

          चीन र भारतका सञ्चार-माध्यमहरुको पहिलो उच्चस्तरीय शिखर मञ्च सेप्टेम्बरको सोह्र तारिख भारतको राजधानी नयाँ दिल्लीमा आयोजना भएको छ। यस मञ्चले दुई मुलुकका बीस वटाभन्दा बढी मुख्य सञ्चार-माध्यमका जिम्मेवार व्यक्तिहरु र विद्वानहरु तथा विशेषज्ञहरुलाई यसमा सहभागी हुन आमन्त्रित गरेको छ। यस मञ्चमा सहभागी प्रतिनिधिहरुले यस मञ्चको आयोजनाको स्वागत गर्नुका साथै चीन र भारतका सञ्चार-माध्यमहरुको भावी विकासप्रति अपेक्षा प्रकट गरेका छन्।

         चालू वर्षको मे महिना चीनका प्रधानमन्त्री ली ख छ्याङ्गले भारतको भ्रमण गरी दुई मुलुकका सञ्चार-माध्यमहरुको आदान-प्रदान तथा सहयोगलाई बढाउने कुरा प्रस्तुत गर्नुभएपछि "चीन र भारतका सञ्चार-माध्यमहरुको उच्चस्तरीय शिखर मञ्च" भारतमा पहिलो पटक आयोजना गरिएको हो र सञ्चार-माध्यमहरुको आदान-प्रदान कार्यक्रम सुरु भएको हो। यो मञ्च चीनको राज्य परिषदको प्रेस कार्यालय र भारतीय विदेश मन्त्रालयद्वारा संयुक्त रुपमा आयोजना गरिएको हो। दुई मुलुकका सञ्चार-माध्यमका चालीस जना वरिष्ठ व्यक्ति र केही विद्वानहरु तथा विशेषज्ञहरु यसमा सहभागी भएका छन्।

         चीनको राज्य परिषदको प्रेस कार्यालयका प्रमुख छाइ मिङ चाउ र भारतका विदेश मन्त्री सल्मान खुर्सिदले यस मञ्चको उद्घाटन समारोहमा आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो। आफ्नो विचार प्रस्तुत गर्ने क्रममा चिनियाँ राज्य परिषदका प्रमुख छाइले हालका केही वर्षदेखि यता चीन र भारतका सञ्चार-माध्यमहरुको आदान-प्रदानको सक्रियताका साथ मूल्यांकन गर्नुभयो।

       "हालका केही वर्षदेखि यता चीन र भारतका सञ्चार-माध्यमहरुको आदान-प्रदान तथा सहयोगको राम्रो प्रवृत्ति देखा परेको छ। मुख्य सञ्चार-माध्यमहरुको उच्चस्तरीय आवत-जावतमा क्रमशःबृद्धि पनि भएको छ। दुई मुलुकका सञ्चार-माध्यमहरुबीचको सम्पर्क गहिरो भएको छ।"

         प्रमुख छाइले "चीन र भारतका सञ्चार-माध्यमहरुको उच्चस्तरीय शिखर मञ्च"को आयोजनालाई एक प्रणालीको रुपमा राख्ने प्रस्ताव प्रस्तुत गर्नुका साथै दुई मुलुकका सञ्चार-माध्यमहरुसँग व्यवहारिक सहयोगलाई सबल पार्न, व्यक्तिको आदान-प्रदान, समाचार संकलनआदि क्षेत्रहरुमा व्यापक सहयोग गर्न आव्हान गर्नुभयो।

       "चीन र भारतका सञ्चार-माध्यमहरुले दीर्घकालीन वार्ता र सम्पर्कलाई बढाउन आवश्यक भएको छ।"

         भारतका विदेश मन्त्री सल्मान खुर्सिदले दुई मुलुकका सञ्चार-माध्यमहरुले दुई मुलुकबीचको सम्पर्कलाई सबल पार्ने र दुई मुलुकको पारस्परिक समझदारी र सहयोगलाई बढाउने आशा व्यक्त गर्नुभयो।

       "यस मञ्चमार्फत दुई मुलुकका सञ्चार-माध्यमहरुले घनिष्ठ सम्पर्क स्थापना गर्ने, आ-आफ्ना विचारबारे आदान-प्रदान गर्ने, दुई पक्षले बुझ्नसक्ने एक साझा भाषा खोज्ने आशा मैले लिएको छु।"

         यस मञ्चको उद्घाटन समारोहपछि प्रतिनिधिहरुले साझा अभिरुचिका विषयहरुबारे छलफल गरेका छन्। उनीहरुले यस मञ्चको आयोजनाको स्वागत व्यक्त गर्नुका साथै चीन र भारतका सञ्चार-माध्यमहरुको भावी विकासप्रति अपेक्षा पनि प्रकट गरेका छन्।

       "म यस्तो मञ्चमा सहभागी भएको यो पहिलो पटक हो। मलाई खुशी लाग्यो। यस कार्यक्रमबाट दुई मुलुकका सञ्चार-माध्यमहरुबीचको दूरी नजिकिएको छ। दुई मुलुकका सञ्चार‌-माध्यमहरुको दूरी नजिकै भएपछि दुई मुलुकका जनताहरु र मुलुकहरुको सम्बन्ध पनि अझै घनिष्ठ हुने छ।

       "मेरो विचारमा यो एक राम्रो शुरुवात हो। सञ्चार-माध्यमहरुको पारस्परिक आदान-प्रदानको चौतारो उपलब्ध गराइएपछि हाम्रा सञ्चार-माध्यमहरुले पनि राम्रोसँग काम गर्न प्रयास गर्ने छौं।"

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह